हवल्दारपुरबाट पाँच जुवाडे परे प्रहरीको फन्दामा

२१ जेष्ठ २०७५, सोमबार १९:३९
 

सदरलाइनडटकम 
२१ जेठ, कोहलपुर (बाँके) : जिल्ला प्रहरीको विशेष व्यूरो टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नं.१४ र १५ को संयुक्त कार्यालय अगाडि हवलदारपुरबाट पाँचजना जुवाडे सहित २ लाखबढी नियन्त्रणमा लिएर ईप्रका कोहलपुरलाई बुझाएको छ ।
सोमबार साँझ करिव ६ बजेतिर स्थानीय कान्छा आलेको घरमा जुवा खेल्दै गरेका पाँचजनाबाट २ लाख ९ हजार ६ सय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो । घरभेटी नभएको अवस्थामा उनीहरु सो घरमा बसेर जुवा खेल्दै गरेको बेलामा व्यूरोको टोलीले छापा हानेको थियो ।
प्रहरीले  जुवा   खेल्दै गरेका दिवश राई, पे्रम साहु, सुधिर पटहर, प्रकाश थापा र गोपाल सुनारलाई नियन्त्रणमा लिएको जानकारीमा आएको छ । सबै जुवाडेलाई आवश्यक अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । बाँकेमा जुवातास विरुद्ध प्रहरीले विषेश अभियान सञ्चालन गरेको छ ।

Next Post

विपन्न मुस्लिम परिवारलाई कतार च्यारेटीको पौष्टिक सहयोग

२१ जेष्ठ २०७५, सोमबार १९:३९
सदरलाइनडटकम २१ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगर क्षेत्रमा रहेका विपन्न मुस्लिम समुदायलाई पौष्टिक आहार बितरण गरिएको छ । कतार च्यारिटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सोमबार एक कार्यक्रमको आयोजना गरि सो सहयोग वितरण गरेको हो । क्लबका बरिष्ठ उपाध्यक्ष सिराज खानले ईस्लाम धर्मावलम्बीहरुको रमजान पर्वलाई लक्षित गर्दै सो खाद्यान्न सामाग्री […]

सम्बन्धित