डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो

सदरलाइन संवाददाता २१ मंसिर २०७७, आईतवार ०९:०५
 

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ३ जनाको घटनास्थलमै र एक जना बालकको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो ।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका ७ का वडाकासचिव मन्जु त्रिपाठी, उनकी सासू आमा र केआई सिंह गाउँपालिकाका ४० वर्षीय हरि नारायण भट्टको घटनास्थलमै मृत्यु भएको थियो ।


डोटीको दिपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जीप बउखेल्ले भन्ने ठाउँमा शनिवार राती १ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ३० वर्षीय कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका १९ बाँगफाटाका २८ वर्षीय हेमन्त भट्ट र डोटी बोगटान ७ की ४० वर्षीया खेमादेवी गिरीलाई उपचारका लागि दिपायल पठाइएको प्रहरीले जनाएको छ ।

Next Post

जनहितकारीको प्रविधिमैत्री साधारणसभा

२१ मंसिर २०७७, आईतवार ०९:०५
सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले २२औं वार्षिक साधारणसभामा प्रविधिको उच्चतम प्रयोग गरी सम्पन्न गरेको छ । शनिबार वीरेन्द्रनगर – ४ मा रहेको संस्थाको सभा हलमा सम्पन्न भएको कार्यक्रममा प्रविधिको भरपुर प्रयोग गरिएको भन्दै सहभागीहरुले उच्च प्रशंसा गरेका थिए । कोरोना भाइरसको महामारीको बीचमा पनि सहकारीले […]