नीजि क्षेत्रबाट किसानलाई कुखुरापालन व्यवस्थापन तालिम

१८ जेष्ठ २०७५, शुक्रबार १९:४६
 

सदरलाइनडटकम
१८ जेठ, नेपालगन्ज : बाँकेका कुखुरा पालक व्यवसायी किसानलाई कुखुरा पालन तथा व्यवस्थापन सम्बन्धित आधारभुत ज्ञान एवं प्रविधि बारेमा तालिम सम्पन्न गरिएको छ ।
कुखुरापालकहरुको सङख्या दिन प्रतिदिन बढ्दै गइरहे पनि आधारभुत ज्ञान र प्रविधीका विषयमा तालिम र अभिमुखिकरण नभइरहेको अवस्थामा नेपाल वेलहोप एग्रीटेक प्रालि, विजय पेलेट दाना, कुखुरा व्यवसायी सघं बाँकेको सहकार्यमा तालिम दिएको हो ।
शुक्रवार भएको एक दिने तालिममा जिल्लाका २ सय बढि व्यवसायिक किसानहरुको सहभागिता रहेको थियो । सो तालिम निजि क्षेत्रबाट हालसम्मकै वृहत तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
कुखुराको उचित व्यवस्थापन गर्न नसक्दा लाखौको नोक्सानी वेहोर्नु परेको गुनासो आईरहेका बेला प्रदान गरिएको तालिमले किसानलाई ठुलो लाभ मिलेको कुखुरा व्यवसायी सघंका सचिव इश्वर सुवेदिले बताए ।
उनले भने–‘बाँकेका अधिकांश किसान कुखुरा पालनको आधारभुत ज्ञान र प्रविधीको अभावमा व्यवसायमा घाटा व्यहोरिरहेका छन् । उनीहरुलाई सरकारी पक्षबाट अहिलेसम्म ती ज्ञान र जानकारीहरु यसरी दिइएको मैले थाहा पाएको छैन । यो तालिमले व्यावसायिक किसानलाई ठूलो टेवा पुग्ने विश्वास लिएको छु ।’
कुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादुर खत्रिले निजी क्षेत्रबाट जिल्लाभरीका कुखुरापालक किसानहरु लाभान्वित हुनेगरि आयोजित तालिमले व्यवसायिक प्रगति गर्न सघाउने आशाव्यक्त गरे ।
तालिममा सहभागि किसानले कुखुरालाई लगाइने भ्याक्सीनमा समेत समस्या आउदा थप चिन्तामा परेको बताएका थिए । तालिममा कुखुराको खोर निर्माण, तापक्रम व्यवस्थापन, भ्याक्सिनको सहि प्रयोग, खुवाउनु पर्ने दानाको मात्रा, रोग र उपचार लगायतका विषयमा अवगत गराईएको आयोजक नेपाल वेलहोप एग्रीटेक प्रालि, विजय पेलेट दानाका सेल्स म्यानेजर रामचन्द्र रिजालले जानकारी दिए ।
तालिमको सहजिकरण जिल्ला पशु सेवा कार्यलय बाँकेका वरिष्ठ पशु चिकित्सक डा‍ बेद बहादुर केसी, नेपालगन्ज उप महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक डा अपार पौडेल, नेपाल वेलहोप एग्रीटेक प्रालिमा कार्यरत डा गणेश बन्जारा, पशु विकास अधिकृत भोज बहादुर रावलले गरेका थिए ।


 

Next Post

चाचाको नागरिक अभिनन्दनको तयारी

१८ जेष्ठ २०७५, शुक्रबार १९:४६
सदरलाइनडटकम १९ जेठ, नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’को नागरिक अभिनन्दनलाई भव्य रुपले सम्पन्न गर्न सक्रिय सहभागिताका लागि बाँकेका पेशागत संघ, संस्थाका प्रमुख एवम् प्रतिनिधिले ऐक्यवद्धता जनाएका छन् । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा ८९ वर्षिय वरिष्ठ पत्रकार चाचाजीको नागरिक अभिनन्दन यही जेठ २९ गते नेपालगन्जमा […]