नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीले पनि खोप लगाए

सदरलाइन संवाददाता १५ माघ २०७७, बिहीबार १५:४८
 

नेपालगञ्ज : बाँकेमा कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ । बुधवारदेखि खोप लगाउन शुरु गरिएको बाँकेमा बिहीवार नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुले खोप लगाएका छन् ।

बुधवार भेरीका स्वास्थ्यकर्मीकर्मीबाट खोप लगाउन शुरु गरिएको थियो । मेडिकल कलेजका सहायक निर्देशक डा. नितेशकुमार कनोडिया, वरिष्ठ छाती तथा फोक्सो रोग विशेषज्ञ डा. सुभाष योगी, फिजिसियन डा. आसिम किदवाई, हाडजोर्नी विशेषज्ञ डा. गोपालसागर डिसी, प्रशासन अधिकृत कुमार अधिकारीलगायत अन्य चिकित्सक एवम् स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।


मेडिकल कलेजका स्वास्थ्यकर्मी र सरसफाईकर्मीले बिहीवार र शुक्रवार खोप लगाउने छन् । खोप लगाइसकेपछि प्रतिक्रिया दिँदै वरिष्ठ छाती तथा फोक्सो रोग विशेषज्ञ डा. योगीले ढुक्क भएर खोप लगाउन आग्रह गरे । “फ्रन्टलाइनमा बसेर काम गरिरहँदा पहिलो चरणमै खोप लाउन पाएपछि खुशी छु,“ डा. योगीले भने, “खोप सुरक्षित छ, ढुक्क भएर लगाउनुस् ।’

नेपालगञ्ज मेडिकल कलेज, नरैनापुर, डुडुवा, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका ७ सय ५० जनालाई बिहीवार भेरी अस्पतालमा खोप लगाउने कार्यक्रम छ ।

Next Post

आठौं नगरसभाद्वारा विभिन्न ऐन पारित

१५ माघ २०७७, बिहीबार १५:४८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिका सम्बन्धि ऐन २०७७ पारित गरेको छ । बिहीवार भएको आठौं नगरसभाले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७७ समेत पारित भएको छ । मेयर डा. धवलशम्शेर राणाले पेश गरेका प्रस्तावहरु नगरसभाले सर्वसम्मतीले पारित गरेको हो । नगरसभाले वडागत बजेट रकमान्त्रण, नगर भवन पुननिर्माण, अस्पतालजन्य फोहोरमैला […]

सम्बन्धित