कुवेतविरुद्ध नेपालको शानदार जीत

११ श्रावण २०७६, शनिबार १४:२५
 

सदरलाइनडटकम,
काठमाण्डौ : सिंगापुरमा जारी आइसिसी टि–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको एशिया फाइनलको खेलमा नेपालले कुवेतमाथि सात विकेटको सानदार जीत निकालेको छ । इण्डियन एशोसियशन क्रिकेट मैदानमा शनिवार बिहान भएको खेलमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्यो ।
जीतसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले आइतवार आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्नेछ । नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए। पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै, शरद भेषवाकरले अविजित ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए । कुवेतका मुहमद कासिफले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतलाई सस्तैमा रोक्न नेपालका सन्दीप लामिछाने र वसन्त रेग्मीले ३÷३ विकेट लिए । सन्दीपले ४ ओभरमा २१ रन खर्चिए भने वसन्तले २० रन खर्चिए ।

Next Post

मनसुनी गतिविधि कमजोर बन्दै

११ श्रावण २०७६, शनिबार १४:२५
सदरलाइनडटकम, काठमाण्डौ : मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कमजोर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन–चार दिन मनसुन […]