नेपालगञ्जमा निर्माण गरिने आईसोलेशनका लागि मेडिकल मेट्रेक्स सहयोग

२७ जेष्ठ २०७७, मंगलवार २३:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोबिड–१९ नोबल कोरोनाका संक्रमितको संख्या बृद्धि हुँदै गएपछि मनकारी सहयोगी हातहरुले कोरोना संक्रमितलाई राख्नको लागि आईशोलेशन सेन्टरमा आवश्यक मेडिकल मेट्रेक्स सहयोग गरेका छन् ।

नेपालगञ्जका समाजसेवी तथा व्यावसायी सेम शाक्यको पहलमा नेपालगञ्ज उपमहानगरले निर्माण गर्न लागेको आईसोलेशन सेन्टरको लागि २५ थान मेट्रेक्स उपलब्ध गराएका हुन ।

नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शम्शेर राणा र उप मेयर उमा थापामगरलाई एक कार्यक्रमका बीचमा सो सामाग्री समाजसेवी शाक्यले हस्तान्त्रण गरेका हुन । प्रति मेट्रेक्स ३ हजार ५ सयको २५ थानको ८७ हजार ५ सय मुल्य रहेको छ ।


बाँकेमा मंगलबारसम्म ४ महिला र २१३ जना पुरुष सहित २१७ जना कोरोना संक्रमित रहेका छन । ती मध्ये १३ महिला ५५ पुरुष गरी ६८ जनाले कोरोना जितेर घर फर्केका छन भने एक जनाको मृत्यु भएको छ ।

यसअघि समाजसेवी शाक्यको पहलमा खजुरा गाउपालिकाको आईशोलेशन सेन्टरको लागि पनि २५ थान मेट्रेक्स हस्तान्त्रण गरि सकेका छन् ।

Next Post

नरैनापुर र नेपालगञ्जको क्वारेन्टाइनलाई व्यस्थापन सामाग्री हस्तान्त्रण

२७ जेष्ठ २०७७, मंगलवार २३:२६
सदरलाइनडटकम, नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि नेपालगञ्ज नरैनापुर गाउपालिकामन रहेका विभिन्न क्वारेन्टाइनलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि प्लान नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले विभिन्न सामाग्रीहरु जिल्ला विपत व्यवस्थापन समिति मार्फत हस्तान्त्रण गरिएको छ । लकडाउनका बीचमा भारतबाट घर फर्केकाहरुलाई राख्नको लागि नरैनापुर र नेपालगञ्जका क्वारेन्टाइनहरु […]

सम्बन्धित