सदरलाइनडटकम
१८ जेठ, कपिलबस्तु : पूर्व–पश्चिम राजमार्गको धानखोला भन्दा ४ किलोमिटर पूर्व चोरखोला नजिक शिवराज नगरपालिका वडा नं. १ कपिलबस्तुमा शुक्रबार बिहान आएको भिषण वर्षातपछि पहिरो आउदा सो सडक करिव ८ घण्टा जाम भएको थियो ।
वर्षातको पानीसंगै आएको पहिरोको कारण पुर्व–पश्चिम राजमार्गको सो सडक खण्डभएर चल्ने सवारी साधनहरु दुबैतिर करिव १० किलोमिटरसम्म जाम लागेको थियो ।
अन्य दिनहरुम समेत सुख्खा पहिरो खस्ने गरेको ठाँउमा शुक्रबार विहान १ बजेतिर पहिरो गएको थियो । विहान ७ बजेमात्र एक्जाभेटरको मद्दतले करिव २ घण्टापछि एकोहोरो बाटोकोे ट्रयाक खोलिएको थियो । फोटो : रुद्र सुवेदी / सदरलाइन



