ब्राउन सुगरसहित बाँकेका एक जना पक्राउ

सदरलाइन संवाददाता २६ बैशाख २०८०, मंगलवार १३:१४
 

नेपालगञ्ज : सुर्खेतमा ब्राउन सुगरसहित बाँकेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–३ घर भएका ३५ वर्षीय सलिम हलुवाई रहेका छन् ।

उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ प्रगतिनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो । हलुवाई सोही ठाउँमा डेरा गरी बस्दै आएको प्रहरीले बताएको छ ।


प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशमा शुक्रबारभित्रै सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डे

२६ बैशाख २०८०, मंगलवार १३:१४
बुटवल : लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री तथा प्रवक्ता सन्तोष पाण्डेले यही शुक्रबारभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । प्रवक्ता पाण्डेले जनताले अनुभूति गर्ने गरी काम गर्ने टिम सहितको लुम्बिनी प्रदेश सरकार विस्तारका लागि आन्तरिकरुपमा छलफल भइरहेको बताए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको […]