मोदीलाई जनकपुर र काठमाण्डौंको साँचो दिएको भन्दै नेपालगन्जमा विरोध, चार पक्राउ

२९ बैशाख २०७५, शनिबार २०:१३
 

सदरलाइनडटकम 
२९ बैशाख, नेपालगन्ज  : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाण्डौको साँचो बुझाएको तथा निशेधित क्षेत्रमा भारतीय सञ्चार माध्यामलाई प्रवेश गर्न दिएको बिरुद्ध नेपालगन्जमा पनि प्रदर्शन गरिएको छ ।
स्वतन्त्र नागरिक समाजको आयोजनामा नेपालगन्जको धम्बोझी चोकमा दिउसो १ बजेदेखि २ बजेसम्म भद्र विरोधको कार्यक्रम आयोजना गरिएको नेपालगन्ज मेडिकल काउन्सिल भेरीका अध्यक्ष डा. विनोद कर्णले बताए ।
उनले भने–‘राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि स्वस्फूर्त आफुहरुको विरोध सहितको प्रदर्शन हो ।’ उनले एक घण्टा प्रतिकारात्मक विरोध जनाउन आफुहरु भेला भएको बताए । सो कार्यक्रममा विवेकशिल साझापार्टी, नयाँशक्ति पार्टी र बासलगायतको सहभागिता रहेको थियो ।
यसैबीच सोही कार्यको विरोध जनाउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउदै गर्दा नेकपा माओवादी क्रान्तिकारी बैद्य समुहका चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले नेपालगन्जको धम्बोझीचोकबाट पुत्ला जलाउदै गरेको क्रान्तिकारी माओवादीका अर्जुन शाही, भुकम्प कठायत, विराट शाही र दिपक शाहीलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

Next Post

जनज्योति मावि कोहलपुर र अमर मावि सिगाउँ विजयी

२९ बैशाख २०७५, शनिबार २०:१३
सदरलाइनडटकम  २९ बैशाख, नेपालगन्ज : नेपालगन्जमा जारी १४ वर्षमूनिको मेयरकप अन्तर बिद्यालय छात्र/छात्रा फुटबल प्रतियोगितामा शनिवार भएको खेलमा जनज्योति मावि कोहलपुर र अमर मावि सिगाउँ विजयी भएका छन् । पहिलो खेलमा जनज्योति मावि कोहलपुर र नेपालगन्ज मोडेल एकेडेमी विच भएको प्रतिस्पर्धामा जनज्योति मावि विजयी भएको छ । जनज्योति माविले नेपालगन्ज […]