हिरमिनियालाई गाउपालिकामा राख्न दोस्रो चरणको आन्दोलन

४ मंसिर २०७३, शनिबार ११:४८
 

सदरलाइनडटकम, Gyapan Patra
४ मंसिर, नेपालगन्ज :  बाँकेको हिरमिनिया गाविसलाई गाउँपालिकामै राख्नुपर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन सुरु भएको छ । हिरमिनियावासीले आईतबार देखि आन्दोलन चर्काउने भएका छन् । आन्दोलनको लागि जिल्ला विकास समिति बाँकेमा घेरा हाल्ने गरी सबै हिरमिनियाबासी आउने भएका छन् ।
जिविस बाँकेले बाँकेमा ८ वटा स्थानीय तह निर्माण गर्ने निर्णयसहितको प्रतिबेदन केन्द्रमा बुझाए पछि आन्दोलन गर्दै आएका उनीहरुले गत कात्तिक २५ गतेदेखि गाविसमा तालाबन्दी गरि ७ दिनको अल्टिमेटम दिएका थिए । हिरमिनियाँलाई नेपालगन्ज उपमहानगरपालिकमा गाभिएको छ ।
उनले आफ्नो मागहरुबारे कुनै सुनुवाई नभएकोले आन्दोलनलाई सशक्त बनाउँदै जिविस घेराउगर्ने हिरमिनिया गाउँपालिका निर्माण संघर्र्ष समितिका संयोजक सुभाषसिंह ठाकुरले जानकारी दिए ।
उनले भने–‘हिरमिनियालाई गाउपालिका बनाउनको लागि जुनसुकै चुनावसमेत बहिष्कार गर्ने निर्णय गरेका छौ । हामीले हाम्रो माग पुरा नभए हिरमिनिया गाविसलाई नै राजनीतिक दल बिहीन बनाउने यस अघि नै घोषणा गरेका छौ र माग पुरा नहुँदासम्मा आन्दोलन अव रोक्दैनौ ।’
उनले ठूलो संख्यामा आईतबारदेखि लगातार जिविस घेराउ गर्नुका साथै पुनः ज्ञापनपत्र बुझाउने जानकारी दिदै भने–‘अब निर्णायक आन्दोलन गर्ने समय आएकोले जे गरेर भए पनि हिरमिनियालाई गाउँपालिका बनाएरै छाड्ने हाम्रो आन्दोलनको निष्कर्ष हो ।’
संघर्ष समितिका प्रवक्ता मोहनराम मिश्रले आफ्नो स्वार्थका लागि अर्काको हकअधिकार मिचेर समस्या समाधान नगरी झन बल्झाउने कार्यमा लागेका बाँकेका राजनैतिक दलहरुलाई यस्तो कुनै अधिकार नभएको आक्रोश व्यक्त गर्दै हिरमिनियालाई गाउँपालिका नबनाए आफुहरु जुनसुकै हदसम्म जानसकिने चेतावनी दिए ।
जिल्ला विकास समितिको कार्यालय घेराउ गरी कामकाज ठप्प पार्ने, गाविसको बस्तुगत स्थिति स्थानीयतह पुनर्संरचना निर्धारण आयोगमा पेश गर्ने र सरकारले गर्ने जुनसुकै निर्वाचन बहिस्कार गर्ने निर्णय यसअघिनै गरी सकिएको प्रवक्ता मिश्रको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पनि विश्व शौचालय दिवस मनाईयो

४ मंसिर २०७३, शनिबार ११:४८
सदरलाइनडटकम,    ४ मंसिर, नेपालगन्ज : विश्व शौचालय दिवसका अवसरमा शनिबार बाँकेमा सरसफाईका विभिन्न सामाजिक गतिविधि भएका छन् । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा ‘जब्स एण्ड ट्वाईलेट’भन्ने मुल नाराका साथ विश्व चर्पी दिवस शनिवार मनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका– ५ गणेशपुर स्थित मदरसा गुल्शने मदिनामा एक कार्यक्रमको आयोजना गरिएको […]