नेपालगञ्ज नाकाबाट ६ महिनामा ११ करोडको नरिवल आयात

सदरलाइन संवाददाता १६ माघ २०८०, मंगलवार १४:२१
 

नेपालगञ्ज : पश्चिम नेपालको प्रमुख भन्सार नाका नेपालगञ्ज भन्सारबाट नरिवल आयात अत्यधिक बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा नरिवल आयातमा नौ गुणा बढी वृद्धि भएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्ष २०८०–८१ को पुस मसान्तसम्म गत आर्थिक वर्षभन्दा १० करोड मूल्य बढीको नरिवल आयात भएको छ । चालू आवको ६ महिनामा ११ करोड ११ लाख मूल्यको ५ लाख ४६ हजार किलोग्राम नरिवल आयात भएको जनाउँदै नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले बताए ।


उनका अनुसार यही अवधिमा गत वर्ष १ करोड २७ लाख मूल्यको १ लाख ६२ हजार किलो मात्रै नरिवल आयात भएको पाइएको छ । नेपालगञ्ज नाका हुँदै आयात गरिएको नरिवल स्थानीय बजारसहित, कर्णाली, बर्दियादेखि दाङसम्म बिक्री हुने गरेको व्यवसायीहरूको भनाइ छ ।

यहाँ भारतबाट काँचो र सुक्खा नरिवल ल्याउने गरिएको छ । जुन धार्मिक कार्य, सेवनदेखि विभिन्न उत्पादनमा प्रयोग गरिन्छ । नेपालको पूर्वी जिल्लामा नरिवल उत्पादन गरे पनि अन्यत्र उत्पादन हुँदैन, त्यसैले नरिवलका लागि भारतमै निर्भर हुनुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका सामुदायिक विद्यालयका शिक्षकलाई योग र आयुर्वेद स्वास्थ्य बारे अभिमुखिकरण

१६ माघ २०८०, मंगलवार १४:२१
नेपालगञ्ज : विद्यालय स्तरमा योग र आयुर्वेदको महत्वका बारेमा सचेतना फैलाउदै नसर्नेरोगबाट नागरिकलाई जोगाउने उद्देश्यले बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले बाँकेका सामुदायिक विद्यालयका शिक्षकलाई तिनदिने अभिमुखिकरण कार्यक्रम नेपालगञ्जमा सम्पन्न गरेको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जका प्रमुख डा. गिता रेग्मीले लुम्बिनी प्रदेस सरकारको आर्थिक सहयोगमा सामुदायिक विद्यालयका स्वास्थ्य तथा […]