नर्सिङ्ग दिवश मनाइयो

२९ बैशाख २०७५, शनिबार १३:४१
 

सदरलाइनडटकम
२९ बैशाख, नेपालगन्ज :  अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवश बिभिन्न कार्यक्रमको आयोजना गरी बा“केमा पनि मनाइएको छ । दिवशको अवसरमा सभा, समारोह र अन्तरक्रिय तथा प्रभातफेरी गरिएको छ ।
नेपालगन्जमा जिल्ला नर्सिङ्ग संघको अगुवाईमा प्रभातफेरी र कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले बिरामीको सेवा गर्ने नर्स अन्यायमा पनुपर्ने अवस्था आएको बताए । उनीहरुले न्यायपुर्ण अवसरमा लागि लड्नुपर्ने प्रतिक्रिया दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश केसी, खजुरा गाउ“पालिकाकी उपाध्यक्ष एकमाया बिक, जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङ्ग, भेरी अन्चल अस्पतालकी मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठ, भेरी अन्चल अस्पतालका प्रमुख बिरेन्द्र चन्द लगायतले बोलेका थिए । नर्सिङ्ग संघकी अध्यक्ष लक्ष्मी केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Next Post

किण्डरप्रिलर प्रि स्कुल सन्चालन

२९ बैशाख २०७५, शनिबार १३:४१
सदरलाइनडटकम २९ बैशाख, नेपालगन्ज :  नेपालगन्जको बिद्युतरोडमा अन्र्तराष्ट्रियस्तरको ‘प्रि—स्कुल’ सन्चालनमा आएको छ । ‘किण्डरप्रिलर’ प्रि स्कुल सन्चालनमा आएको हो । अन्र्तराष्ट्रियस्तरमा शाखाहरु रहेको सो बिद्यालय पहिलो पटक नेपालगन्जमा सन्चालनमा आएको प्रबन्धक उमा श्रेष्ठले बताईन । उनका अनुसार, अन्य मण्टेश्वरी बिधि भन्दा फरक शैलीमा बिद्यालय सन्चालन भइरहेको छ । ‘हामी गुणस्तरिय […]