नेपालगन्ज–कोहलपुर सडकखण्डमा विद्युतीय बससेवाको सम्भाव्यता अध्ययन हुँदै

३ असार २०७५, आईतवार १९:५८
 

सदरलाइनडटकम 
३ असार, नेपालगन्ज  :  ५ नंम्बर प्रदेश सरकारले नेपालगन्ज–कोहलपुर सडकखण्डमा विद्युतीय बस सेवाको सम्भाव्यता अध्ययन गर्नेे भएको छ । यो सडक खण्डमा विद्युतीय बस सेवाको लागि सम्भाव्यता अध्ययन गर्नलाई आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले बजेट समेत बिनियोजन गरेको छ ।
विद्युतीय बस सेवाको सम्भाव्यता अध्ययन गर्नलाई ५ नम्बर प्रदेश सरकारले बजेट छुट्याएको हो । शुक्रबार प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा कोहलपुर–नेपालगन्ज सडक खण्डमा विद्युतीय बस सेवाको सम्भाव्यता अध्ययन गर्नको लागि बजेट बिनियोजन गरेको बताइएको छ ।
विद्युतीय बस सेवाको सम्भाव्यता अध्ययन लागि यहाँका साथै बुटवल–भैरहवा, र घोराही–तुलसीपूरमा लागि समेत आवश्यक बजेट विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताए ।
प्रदेशका ३ मुख्य स्थानका शहरहरुलाई जोड्नेगरी प्रदेश सरकारले विद्युतीय बस सेवाको योजना अघि सारेको हो । सम्भाव्यता अध्ययन समापन भएपछि सोहीको आधारमा विद्युतीय बस सेवा निर्माण कार्य सुरु हुनेछ ।
५ नम्बर प्रदेश को सरकारले आगामी वर्षका लागि २८ अर्ब ९ करोड ३० लाख रूपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ ।

Next Post

कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप विवादमा, अनिवार्य गणित नहटाउन माग

३ असार २०७५, आईतवार १९:५८
काठमाडौं । कक्षा ११ र १२ मा गणितलाई अनिवार्य विषयबाट हटाइएपछि विद्यालय तहको पाठ्यक्रमको प्रारुप नै विवादमा परेको छ । यसै वर्षबाट नै नयाँ पाठ्यक्रम कार्यान्वयनमा लैजाने तयारी पाठ्यक्रम विकास केन्द्रले गरेपनि शिक्षाविद् तथा अन्य सरोकारवालाहरुले आपत्ति जनाएपछि नयाँ पाठ्यक्रम लागु हुने–नहुने अन्योल बढेको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम […]