भेरीको रिपोर्टमा थप आठ जना कोरोना पोजेटिभ

४ असार २०७७, बिहीबार १५:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बिहीवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका तीन, बर्दियाका चार र दैलेखका एकजना जनामा कोरोना पुष्टि भएको हो ।
नेपालगञ्जका एकजना, खजुराका एक र नरैनापुरका एकजना रहेका छन् भने राजापुर बर्दियाका २ जना, बढैयातालका एक र दैलेखका एकजनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै कैलाली लम्कीकी ४३ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा असार ३ गते उपचारका क्रममा मृत्यु भएको थियो । उनी टाउकाको रोगबाट पीडित रहेको भन्दै अस्पतालले बिहीवार मात्र कोरोना भएको पुष्टि गरेको छ ।

Next Post

सडक दुर्घटना हुँदा बाँकेमा दुई घाईते

४ असार २०७७, बिहीबार १५:५४
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेमा सडक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्गअन्तर्गत कोहलपुर–ढकेरी सडकखण्डमा बिहीवार दुर्घटना हुँदा कारमा सवार दुई जना घाइते भएका हुन् । पूर्वबाट आउँदै गरेको लु १ क ११५५ नम्बरको मिनि ट्रक र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ च ५७६९ नम्बरको […]