केही सिटमा नेकपा एमालेसंग तालमेल हुन्छ : लिङ्देन

सदरलाइन संवाददाता २० भाद्र २०७९, सोमबार १३:५१
 

नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसंग पनि गठबन्धन गरेर नजाने बताएका छन् ।

राप्रपा बाँकेले आज विहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकता अनुसार जिल्ला तहमा अन्य दलसंग तालमेल गरेर जाने नीति लिएको स्पष्ट पार्दै आधारभूतरुपमा गठबन्धन भने नगरिने बताए ।

उनले राष्ट्रियताका सवालमा नेकपा एमाले राप्रपासंग नजिक देखिएको भन्दै एमालेसंग केही ठाउँहरुमा चुनावी तालमेल गर्ने विषयमा कुराकानी भइरहे पनि ठोस निर्णय भने नभएको बताए । अध्यक्ष लिङ्देनले सत्तारुढ दलहरु चुनावी गठबन्धन गरेरै अगाडि बढिरहेको अवस्थामा अन्य दलहरुले पनि तालमेलका लागि प्रयास गर्नु स्वभाविक रहेको बताए ।


नेपालगञ्जमा महामन्त्री धवल शमशेर राणालाई एमालेले सघाउँछ त ? भन्ने पत्रकारहरुको जिज्ञासामा लिङ्देनले भने, “छलफलले ठोस आकार लिएको त छैन तर पार्टीका पदाधिकारी, बरिष्ठ नेताहरु उठ्ने सिटहरु त यसैपनि सुरक्षित हुन्छन् भन्ने अनुमान तपाईंहरुले लगाइहाल्नुुहुन्छ नि ।“

उनले बैदेशिक हस्तक्षेप अस्वभाविक ढंगले बढेको भन्दै नेपालको निर्णायकत्व नेपाली जनताको हातमा राख्न लागि राप्रपा दृढ संकल्पित रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब पश्चिम सुर्खेतमै शव परीक्षण हुने

२० भाद्र २०७९, सोमबार १३:५१
सुर्खेत : पश्चिम सुर्खेतमा शव परीक्षण घर नहुँदा शव बोकेर वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल पुग्नुपर्ने बाध्यता अब हटेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, सालकोटमा शव परीक्षण घर निर्माण भएपछि पश्चिम सुर्खेतमै यो सुविधा थपिएको हो । शव परीक्षण घर नहुँदा यस क्षेत्रका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका […]

सम्बन्धित