पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

सदरलाइन संवाददाता २० जेष्ठ २०७९, शुक्रबार १७:०३
 

नेपालगञ्ज : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । शुक्रबारदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो ।

मूल्य घटेसँगै अब पेट्रोल लिटरको एक सय ७० र डिजल, मट्टीतेल लिटरको एक सय ५३ रुपैयाँमा झरेको छ । निगम संचालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।


यसअघि अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न भनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हरिजनको मृत्युबारे मानव अधिकार आयोग अनुसन्धान गर्दै

२० जेष्ठ २०७९, शुक्रबार १७:०३
नेपालगञ्ज : रोल्पा कारागारमा मृत्यु भएका नेपालगञ्जका सुन्दर हरिजनको रोल्पा कारागारमा भएको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ । जिल्ला कारागार रोल्पामा अर्कै व्यक्तिको सट्टामा कैदीबन्दीको रुपमा जेल सजाय भोगिरहेका हरिजनको जेठ ४ गते कारागारभित्रै मृत्यु भएको थियो । आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि […]