बाँकेमा बिहीवार ४ संक्रमित थपिँदा ४ जना डिस्चार्ज

सदरलाइन संवाददाता १६ भाद्र २०७९, बिहीबार १७:४२
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ९ जनाको परीक्षण गर्दा २ र जमुनाहा हेल्थ डेस्कमा २ गरी ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् भने १ जना जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३४९ पुगेको छ । यस्तै बिहीवार ४ डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चर्ज हुनेको संख्या २० हजार ९६८ पुगेको छ ।


अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २८ जना रहेको वलीले बताए । एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने २७ जना होमआइसोलेशनमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा डिप बोरिङ्गको माग गर्दै ज्ञापन पत्र बुझाईयो

१६ भाद्र २०७९, बिहीबार १७:४२
नेपालगञ्ज : लामो समयको खडेरीका कारण बाँकेको नरैनापुर गाँउपालिकाले डिप बोरिङ्ग र राहतको माग गर्दै ज्ञापन बुझाएको छ । नरैनापुर गाउपालिकाका अध्यक्ष ईतियाक अहमद शाहले लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको विशेष उपस्थितिमा सो ज्ञापन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई बुझाएका हुन । सो ज्ञापनमा गतवर्षको बेमौशमी वर्षातका कारण […]