क्वारेन्टाइनमा बसेका पाँच वर्षमुनीका बालबालिकालाई पौष्टिक आहार

८ भाद्र २०७७, सोमबार ०८:५३
 

नेपालगञ्ज : कोभिड–१९ को महामारीबाट जोगिन नेपालगञ्ज उपमहानगरपालिकाद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा संचालनमा ल्याएको क्वारेन्टाइनमा रहेका ५ वर्ष मुनिका बालबालिका र आमालाई लक्षित गरी पौष्टिक आहार र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसको साझेदारीमा सामुदायिक शसक्तिकरणका लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रम मार्फत बाँके जिल्ला शाखामा संचालित कोभिड–१९ प्रतिकार्य कार्यक्रमद्वारा सो पौष्टिक आहार वितरण गरिएको हो ।

रेडक्रस बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकीले बितरण गरिएको पौष्टिक आहारमा प्रति बालबालिकालाई स्याउ २ किलो, केरा २ दर्जन, घ्यू ५ सयग्राम र सर्वोत्तम पिठो २ प्योकटका दरले र स्वास्थ्य सामाग्री (हाईजिन किट) वितरण गरिएको जानकारी दिए ।


बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ, नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, प्रहरी उपरिक्षक ओमबहादुर राना, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवलागयतले संयुक्त रुपमा बालबालिलकालाई वितरण गरेका हुन । कार्यक्रममा सरसफाई तथा स्वच्छता सामग्री वितरण गर्नुका साथै कोभिड–१९ संक्रमणको रोकथाम, मलेरिया, परिवार नियोजना, एचआइभी एड्स र झाडापखालाको बारेमा अभिमुखीकरण समेत गरिएको थियो ।

जिल्लामा संचालित क्वारेन्टाइनहरुमा जनचेतना मुलक अभिमुखीकरण, महिलाहरुलाई सरसफाई तथा स्वच्छता किट विरतण, रेडियो सन्देश प्रशारण, स्वास्थ्यकर्मी र रेडक्रस स्वयेंवकलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण, रेडक्रस स्वयंसेवक परिचालन, बालबालिकालाई पौष्टिक आहार वितरण, क्वारेन्टाइनमा सरसफाईका लागि सामग्री सहयोगलगायतका गतिविधि संचालन भइरहेको छ ।

 

Next Post

बाँकेमा थप १४ जना कोरोनामुक्त

८ भाद्र २०७७, सोमबार ०८:५३
नेपालगञ्ज : बाँकेमा सोमवार थप १४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार वडा प्रहरी कार्यालय आइसोलेशनबाट ४ जना, चिसापानी आइसोलेशनाबाट ३, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट २, डुडुवा आइसोलेशनबाट २ जना तथा खुल्ला कारागार गनापुर, भेरी अस्पताल र […]