सदरलाइनडटकम
२२ बैशाख, नेपालगन्ज : राइजिङ आइडल्स बाँकेको आयोजना तथा प्लान इन्टर नेशनल नेपालको सहयोगमा बाँकेका युवा र महिलाहरुको लागि ५ दिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम दिइएको छ ।
खजुरा, डुडुवा र वैजनाथ गाउँपालिका ३० जना युवा महिलाहरुका लागि राइजिङ आइडल्सले तालिम प्रदान गरेको हो । तालिम समापन समारोहमा बोल्दै प्लान इन्टर नेशनल नेपाल नेपालगन्ज एरिया म्यानेजर मिना पराजुलीले प्लानले किशोरी र बालबालिकाको समग्र विकासका लागि प्राथमिकता दिएको भन्दै तालिमले सामाजिक योगदानमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन ।
राइजिङ आइडल्सका अध्यक्ष विनोद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न ५ का नवनिर्वाचित सचिव शुक्रऋषि चौलागाई, राइजिङ आइडल्सका संस्थापक अध्यक्ष आशिष कुमार वर्मा, गैरसरकारी संस्था बाँके कार्यवाहक अध्यक्ष सपना भट्टराई, प्रशिक्षक सुशील चौधरी, जिल्ला बाल संजाल बाँके अध्यक्ष श्वेता गुरुङ लगाएतले आफ्नो बिचार राखेका थिए ।
आइडल्सका कार्यक्रम अधिकृत विष्णु अधिकारीले सञ्चालन गरेको कार्यक्रममा पराजुलीलाई प्लानको एरिया म्यानेजरका रुपमा जिम्मेवारी सम्हालेकोमा स्वागत तथा सम्मान समेत गरिएको थियो ।
तालिममा सहभागी युवा महिलाहरुको सहभागितामा गठित तीन युवा महिला समुहको संस्थागत विकासका लागि पन्ध्रओटा शिर्षकमा विभिन्न सामग्रीहरु वितरण गरिएको जानकारी गराइएको छ ।