सदरलाइनडटकम,
कपिलवस्तु : कपिलवस्तुमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । वाणगंगा नगरपालिका ५ खुटेनीबाट प्रहरीको विशेष अप्रेशन टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका ११, भैस्टा निवासी सलाउद्दिन मुसलवान र मकिम भन्ने मजिबुर रहमान रहेका छन् ।
उनीहरूको साथबाट ९ ग्राम ७९० मिलिग्राम लागुऔषध, नगद १३ हजार नेपाली र भारतीय नगद १ हजार पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । उनीहरूले लागुऔषध भारतबाट खरिद गरी कपिलवस्तुको वाणगंगा नगरपालिकाका विभिन्न स्थानमा बिक्रीबितरण गर्दै आएको अनुसन्धानबाट खुल्न आएको बताइएको छ । उनीहरूविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
