करारमा नियुक्तिको माग गर्दै आंशिक प्राध्यापकहरुको आन्दोलित

२३ माघ २०७६, बिहीबार १८:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगगञ्जको पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका विज्ञान संकायका आंशिक प्राध्यापकहरुले करार नियुक्तिको माग गर्दै कक्षा बहिष्कार गरेका छन् ।
आफ्नो मागहरु पुरा नहुँदासम्मका लागि आंशिक प्राध्यापकहरुले कक्षा बहिस्कार गर्दै आन्दोलनमा लागेका कारण विज्ञान संकायका कुनै पनि कक्षामा पठनपाठन हुन सकेको छैन ।
यता आंशिक प्राध्यापकहरुको आन्दोलनलाई नैतिक समर्थन गर्दै विज्ञान संकायका स्थायी र करार प्राध्यापकहरूले पनि कक्षामा अध्यापन नगरेका कारण बिहीबार संकायका कुनै पनि कक्षा संचालन हुन सकेका छैनन । हाल क्याम्पसमा बिज्ञान संकायमा ४६३ जना विद्यार्थी अध्ययनरत छन ।
महेन्द्र बहुमुखी क्याम्पसको विज्ञान संकायमा त्रिविविका आंशिक २९ जना शिक्षक कार्यरत रहेको र यस क्षेत्रकै पहिलो बिज्ञानमा स्नातक पढाईहुने क्याम्पस हो । गत १४ वर्षदेखि आफुहरु आंशिक प्राध्यापकको रुपमा न्यून ज्यालामा काम गर्नु परेको भन्दै करारमा नियुक्ति प्रकृया सुरु गर्न दबाब मुलक आन्दोलन गर्दै आएकोमा बिहीबारबाट कक्षा बहिस्कार गरेका हुन ।
त्रीविविले बौद्धिक श्रमको शोषण गरि रहेकोे भन्दै शिक्षक मधुसुदन अधिकारीले भने–‘हाम्रा माग आवश्यकताका आधारमा भएको र त्रिविविले माग पुरा गर्नु पर्ने हो । तर, आन्दोलन मै नउत्रिदासम्म नसुन्ने परिपाटिका कारण आफुहरु आन्दोलित हुन बाध्य छौ ।’
प्राध्यापक कवीन्द्र भट्टराईले आँशिक प्रथा सदाका लागि निम्ति अन्त्य गरिनु पर्ने र हाल कार्यरतलाई करारमा नियुक्ति दिनु पर्ने सुझाव दिए । संघर्ष समितिका सचिव सुनिल अधिकारीले आफुहरुको माग बारे सुनुवाई नहुँदासम्म कक्षा बहिस्कारको कार्यक्रम जारी रहेको जानकारी दिए ।
विगत १४ वर्षदेखि आंशिक प्राध्यापकको रूपमा प्राध्यापन गराइरहेका विज्ञान संकायका सम्पूर्ण आंशिक प्राध्यापकहरूलाई करार नियुक्ति दिनुपर्ने माग गर्दै गत मंसिर २६ गते नै क्याम्पस प्रमुखलाई ज्ञापन पत्र दिइ पनि कुनै सुनुवाइ नभएकोले पुनः माघ १२ गते ध्यानाकर्षण पत्र बुझाउदै आन्दोलनको थालीन गरिएको हो ।
यसैबीच आंशिक शिक्षकको अन्दोलन र कक्षा बहिस्कारको कारण आफुहरुको नियमित पठनपाठन हुन नसकेको भन्दै विज्ञान संकायका विद्यार्थीहरुले निमित पढाई सुचारु गर्नको लागि क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् ।
त्रिविविले सो क्याम्पसका विज्ञान संकायका आंशिक प्राध्यापकहरुको आन्दोलनको सम्बोधन गरी आफुहरुको नियमित पढाई हुने बाताबरण मिलाई दिन विज्ञान संकाय चौथो वर्षमा अध्ययनरत पदम बुढाले आग्रह गरे । उनले आफुहरुको नियमित पढाई नहुँदा नजिकिदो परीक्षामा राम्रो प्रतिफल नआउनुको साथै कोर्ष पनि नसकिने भन्दै त्रीविवि र आन्दोलनरत आंशिक प्राध्यापकहरु बीच चाँडो भन्दा चाँडो समस्या समाधान खोज अनुरोध समेत गरे ।

Next Post

प्रेम प्रस्ताव धेरै आए तर, स्वीकरेकी छैन

२३ माघ २०७६, बिहीबार १८:१०
बाँकेको नेपालगञ्जमा सञ्चालन भईरहेको ‘मिस मिडवेष्ट’को सातौ संस्करणकी प्रतियोगी स्वाती मिश्र ‘निधि’ले पनि मोफसलमा बसेरै सफल मोडल बन्ने सपना देखिरहेकी छन् । ‘निधि’ उपनामले परिचित १७ बर्षिया स्वातीले मोडलिङमा आफ्नो भविष्य खोज्नका लागि ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित सौन्दर्य प्रस्तुती कार्यक्रममा सहभागी भएकी छन् । ११ कक्षामा अध्यनरत स्वाती प्रतियोगी […]