
सदरलाइनडटकम,
बझाङ : बझाङ प्रहरीले ठूलो परिमाणको अवैध मदिरा नष्ट गरेको छ । जिल्लाको विभिन्न घरहरुबाट संकलन गरिएको करीब ५ हजार ३ सय लिटर अवैध मदिरा प्रहरीले नष्ट गरेको हो ।
जयपृथ्वी नगरपालिका १० र मस्ता गाउँपालिका १ स्थित करीब २५ वटा घरमा रहेको अवैध मदिरा संकलन गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट गएको टोलीले तलासी गर्दा उक्त मदिरा फेला पारी नष्ट गरेको हो ।
मदिरा नष्ट गर्ने क्रममा स्थानीयले प्रहार गरेको ढुंगा लागेर प्रहरी जवान बिनोद क्षेत्री घाइते भएका छन् । उनको जिल्ला अस्पातल बझाङमा उपचार भईरहेको छ । ढुंगा प्रहार गर्ने शंकास्पद १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।