नेपालगन्जको भृकुटीनगरबाट आठ जुवाडे पक्राउ

२२ बैशाख २०७५, शनिबार १९:४६
 

सदरलाइनडटकम 
२२ बैशाख, नेपालगन्ज  : बाँके प्रहरीले नेपालगन्जको भृकुटीनगरबाट ९ गड्डी तास सहित ८ जना जुवाडे नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

शनिबार साँझपख नेपालगन्ज–१० भृकुटीनगरको राजु गुरुङ्गको घरमा प्रहरीले छापा मारेर जुवा खेलीरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको जनाएको छ ।

जुवाको खालबाट १ लाख १२ हजार ७ सय ९० रुपैयाँ र ९ गड्डी तास बरामद भएको जिल्ला प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।

प्रहरी निरिक्षक विष्टले दिएको जानकारी अनुसार भरत थापा, साकीर अलि बागवान, मनोज गुरुङ्ग, दिर्घ राई, तारा गुरुङ्ग, विमल सिंह र पोष्टबहादुर अधिकारीलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

लामो समयदेखि जुवा भईरहेको भन्ने सूचनाका आधारमा प्रहरीले गुरुङको घरमा छापा हानेको थियो । प्रहरीले तास खेलाएको अभियोगमा घरधनी गुरुङलाई पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबैलाई आईतबार अदालतमा पेस गर्ने प्रहरीले जनाएको छ । गत हप्ता करिव ४ लाख नगदसहित जानकी–३ कर्मोहनाबाट ११ जना जुवाडे नियन्त्रणमा लिएको थियो ।

Next Post

युवा तथा महिलाका लागि प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम

२२ बैशाख २०७५, शनिबार १९:४६
सदरलाइनडटकम  २२ बैशाख, नेपालगन्ज  : राइजिङ आइडल्स बाँकेको आयोजना तथा प्लान इन्टर नेशनल नेपालको सहयोगमा बाँकेका युवा र महिलाहरुको लागि ५ दिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम दिइएको छ । खजुरा, डुडुवा र वैजनाथ गाउँपालिका ३० जना युवा महिलाहरुका लागि राइजिङ आइडल्सले तालिम प्रदान गरेको हो । तालिम समापन समारोहमा […]