होली पर्व सोमवार तराईमा हर्षोल्लासका साथ मनाईंदै

सदरलाइन संवाददाता १६ चैत्र २०७७, सोमबार ०९:१०
 

नेपालगञ्ज : फागु पुर्णिमाको आज (सोमवार) दोस्रो दिन । तराईमा हर्षोल्लासका साथ होली मनाइँदै छ । पहाडी क्षेत्रमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने प्रचलन छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । तराईमा सोमवार रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै मनाउने गरिन्छ ।


त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

Next Post

स्वास्थ्य, शिक्षा र कृषिलाई विकासको सुचाङ्क बनाउदै खजुरा

१६ चैत्र २०७७, सोमबार ०९:१०
खजुरा (बाँके) : स्थानीय तहमा विकासको सूचक भौतिक पूर्वाधारलाई मात्र मन्ने गरिन्छ तर, बाँकेको खजुरा गाउपालिकाले भौतिक पुर्वाधार मात्रै विकासको सूचक होईन भन्ने अभिप्रायले भौतिक विकासका साथ साथै शिक्षा, स्वास्थ र कृषि क्षेत्रलाई समेत विकासको सूचकको रुपमा समेटेर अघाडि बढेको छ । खजुरा गाउपालिकाले स्वस्थ्य नागरिक भए विकासको गति आफै […]