क्यान्सर पीडित पत्रकारलाई शहरी विकास मन्त्री राईको आर्थिक सहयोग

१५ भाद्र २०७६, आईतवार १५:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : क्यान्सर जस्तो भयानक रोगबाट ग्रशित बाँके र सुर्खेका दुई पत्रकारको जीवन रक्षाको लागि नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले आर्थिक सहयोग गरेका छन् ।
गृह जिल्ला बाँके आएका शहरी विकास मन्त्री राईले औषधी उपचारका लागि जनही पचास हजारका दरले आर्थिक सहयोग गरेका हुन ।
आन्द्राको क्यान्सरबाट पीडित रहेका बाँकेका पत्रकार (हाल चितवन) बस्दै आएका बरिष्ठ पत्रकार रेशम बिरहीको उपचार सहयोगको लागि पचास हजार र बोनम्यारो क्यान्सरबाट पीडित रहेका सुर्खेतमा क्रियाशिल पत्रकार डिलप्रसाद शर्मालाई पचास हजार रुपैयाँ सहयोग गरेका हुन ।
बाँकेका पत्रकारहरुको आग्रहमा मन्त्री राईले एक कार्यक्रमका बीच बिरहीको सहयोग रकम नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुर सिंह थारु र डिलप्रसाद शर्माको रकम सदरलाइनडटकमका सम्पादक तथा पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलाई हस्तारण गरिएको छ । सो रकम चाडै नै संबन्धित व्यक्तिलाई पठाईने पत्रकार सुवेदी र थारुले जानकारी दिए ।
मन्त्री राईले बरिष्ठ पत्रकार बिरहीको स्वास्थ्य अवस्थाको बारेमा फोन मार्फत जानकारी लिएका थिए ।

Next Post

बाँकेको विकासमा मन्त्री राईको प्रतिबद्धता

१५ भाद्र २०७६, आईतवार १५:५३
सदरलाइनडटकम, कोहलपुर (बाँके) : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाँके जिल्लाको विकास र समृद्विका लागि आफु प्रतिवद्ध रहेको बताएका छन् । बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको १८ औं वार्षिक साधारणसभा तथा १२ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री राईले बाँकेको विकासका लागि सबैको […]