सदरलाइनडटकम
२२ बैशाख, कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. १० स्थित रामनगरमा जीवन ज्योति विद्यालय नजिकै रहेको चर्चमा गए राति आगलागी भएको छ । सो घटनामा परि मानविय क्षति नभए पनि भौतिक क्षति भने भएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले गयराति करिब १ बजेको समयमा आगलागी भएको र प्रहरीलाई २ बजेमात्र खबर भएको जानकारी दिए ।
सो आगलागीबाट प्राथना गर्ने हलमा भएका सबै सामान, कार्पेट, पंखा आदी जलेर नष्ट भएको छ । सो कम्पाउण्ड परिसरमा बस्नेले नै आगलागीको जानकारी पाएपछि चर्चका पाष्टरलाई खबर गरि चर्च मै रहेको मोटर चलाई आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा सो चर्चमा अज्ञात समुहले आगजनी गरिएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनाको अनुसन्ंधान सुरु गरेको जनाएको छ ।
