डुडुवामा सरसफाई अभियान शुरु

सदरलाइन संवाददाता २७ माघ २०८०, शनिबार १७:४५
 

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले सरसफाई अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले प्रत्येक शुक्रबारका दिन सबै कार्यालयको सरसफाई गर्ने अभियान शुरु गरेको हो ।

पालिका माताहतका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय लगायतका सबै कार्यालयहरुहरुमा सरसफाई गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार हप्ताको एकदिन कार्यालयको सरसफाई गरिने छ । कार्यालयलाई सफा, स्वच्छ र हराभरा बाताबरण बनाउने उद्देश्यले सरसफाई अभियान सञ्चालन गरिएको हो ।

अध्यक्ष चौधरीले भने,–‘जुन सुकै काम आफैबाट शुरुआत गर्नुपर्दछ, त्यसैले हामी आफ्नै कार्यालयबाट सरसफाई सुरु गरेका छौ ।’ यो अभियानलाई पालिकाका सम्पुर्ण नागरिकहरु समक्ष सन्देश प्रवाह हुनेछ, र उनीहरुले पनि आ–आफ्नो घर वरिपरि गाउँटोलको सरसफाई गर्ने उहाँको विश्वास छ ।


सरसफाई भनेको घर, समुदाय, गाउँटोलसंगै कार्यालयको सफा र स्वच्छ बाताबरण बनाउनका लागि यो अभियान सञ्चालन गरेको पालिका उपाध्यक्ष शाहिदा बानोले बताइन् । गत शुक्रबारबाट पालिकाले सरसफाई अभियान सञ्चालन गरेको हो । शुक्रबार पालिका कार्यालयमा अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवाललगायत अन्य जनप्रतिनिती र कर्मचारीहरुले बनकट्टीस्थित पालिकाको कार्यालय परिसरको सरसफाई गरेका थिए ।

यसैविच बेतहनी स्वास्थ्य चौकीमा पनि त्यहाका कर्मचारीहरुले सरसफाई गरेको बताएका छन् । यसैगरि आज डुडुवा गाउँपालिका वार्ड नंं ५ का युवाहरुको सmित्रयतामा राप्ती नदिको सिधनिया घाट पुलको दक्षिण भागको समेत सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा वडाध्यक्ष झंकबहादुर थापालगायतको सहभागिता रहेको थियो । यो अभियानलाई साप्ताहिक रुपमा निरन्तर रुपमा अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी साहित्य समाजको अध्यक्षमा बस्नेत निर्वाचित

२७ माघ २०८०, शनिबार १७:४५
नेपालगञ्ज : भेरी साहित्य समाजको अध्यक्षमा ईन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन् । समाज केन्द्रीय समितिको सातौं अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि बस्नेतको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार दुई जना सदस्य पछि थप गर्ने गरी १७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिएको छ […]

सम्बन्धित