जानकीमा स्थानीयस्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै

सदरलाइन संवाददाता २३ मंसिर २०८०, शनिबार १३:३८
 

जानकी (बाँके) : जानकी गाउँपालिकाले जेष्ठ तथा अशक्त नागरिकहरुलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । यसअघि सामाजिक सुरक्षा भत्ता लिनका लागि जेष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगञ्ज बजारमा रहेको मुक्तिनाथ र सांग्रिला बैंकमा जानुपर्ने वाध्यता थियो । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेपछि स्थानीयलाई सहज भएको छ ।

गाउँपालिकाबाट नेपालगञ्ज सामाजिक सुरक्षा भत्ता लिन जानुपर्ने वाध्यताका कारण जेष्ठ नागरिकहरुले विभिन्न किसिमका सास्ती भोग्दै आएका थिए । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु भएपछि विहानैदेखि भोक–प्यासै घन्टौंसम्म लाइनमा उभिनुपर्ने वाध्यताको अन्त्य भएको छ । पहिले नेपालगन्ज जानुपर्ने वाध्यता रहेको जेष्ठ नागरिकहरु बताउँछन् ।


नेपालगञ्ज जाँदा आउँदाको समस्या र भाडाको खर्चको अन्त्य भएपछि उनीहरु खुसी छन् । अहिले गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफूहरुलाई सहज भएको रामबहादुर शाहीले बताए । गाउँपालिकाले वृद्धहरुको समस्यालाई हेरी भत्ता घरैसम्म पुरयाईदिने व्यवस्था गरिदिए झनै राम्रो हुने सेरे विकको भनाई छ । रंगिलाल जेष्ठ र हरिदेवी सुनारले पनि घर आंगनबाटै भत्ता पाएको भन्दै खुसी ब्यक्त गरे ।

बृद्धबृद्धा तथा अपाङ्गहरुको समस्यालाई मध्यनजर गरी सामाजिक सुरक्षा भत्ता वितरण कार्य गाउँपालिकाबाटै सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत दिलवहादुर पौडेलले बताए । एनआइसी एसिया बैंक र कुमारी बैंकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नक्कली कर्मचारी नियुक्तिको आरोपमा पक्राउ

२३ मंसिर २०८०, शनिबार १३:३८
नेपालगञ्ज : नेपालगञ्जबाट बाँके प्रहरीले राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज–१७ का प्रदिप वर्मासँग ३६ हजार रुपैयाँ लिएर अनुसन्धानको विभागको छाप किर्ते गरी नक्कली नियुक्त पत्र बनाएर जागिर लगाइदिएका नेपालगञ्ज –२२ का फहद खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । […]

ताजा अपडेट