काठमाडौंमा नेपाल, न्यूजिल्याण्ड, अष्ट्रेलिया र अमेरिका स्पाईन कन्फ्रेन्स–२०१८ सम्पन्न

२२ बैशाख २०७५, शनिबार १९:१३
 

सदरलाइनडटकम
२२ बैशाख, काठमाण्डौ : मेरुदण्ड (ढाड) सम्बन्धी बिभिन्न समस्याहरु तथा रोगहरुको र उपचारमा भई रहेको बिश्वब्यापी अभ्यासबारे गहन छलफल गर्न काठमाडौंमा न्यूजिल्याण्ड, अष्ट्रेलिया, अमेरिका स्पाईन कन्फ्रेन्स–२०१८ सम्पन्न भएको छ ।
‘स्पाईनल डिफर्मिटि एण्ड इम्व्यालेन्स–ग्लोबल ट्रेन्डस’ शिर्षक दिइएको सम्मेलनमा नेपालसँगै न्यूजिल्याण्ड, अष्ट्रेलिया र अमेरिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सहभागि भएका थिए । सो कन्फ्रेन्स दुई दिनको रहेको थियो ।
सम्मेलनमा स्पाईन अर्थात मेरुदण्ड सम्बन्धि बिभिन्न समस्याहरु तथा रोगहरु र त्यसको उपचारमा भइरहेको बिश्वब्यापी अभ्यासबारे गहन छलफल भएको थियो ।
बिशेषगरी एडल्ट डिफर्मिटी तथा बालबालिकाहरुमा देखिने ढाड समबन्धी समस्या जस्तै स्कोलियोसिस लगायतका समस्याहरु बारे सहभागिहरुले आ–आफ्नो अनुभव आदान प्रदान गरेका थिए ।
एशोसिएसन अफ स्पाईन सर्जन्स अफ नेपाल स्पाईन हेल्थ इन्टरनेशनल तथा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको संयुक्त आयोजनामा भएको दुइदिने सम्मेलनको नेतृत्व कोर्स कोअर्डिनेटरका रुपमा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको स्पाइन सर्भिसेजका डाइरेक्टर समेत रहेका कन्सल्ट्यान्ट अर्थोपेडिक तथा स्पाईन सर्जन डा. बिनोद बिजुक्छेले गरेका थिए ।

Next Post

नेपालगन्जको भृकुटीनगरबाट आठ जुवाडे पक्राउ

२२ बैशाख २०७५, शनिबार १९:१३
सदरलाइनडटकम  २२ बैशाख, नेपालगन्ज  : बाँके प्रहरीले नेपालगन्जको भृकुटीनगरबाट ९ गड्डी तास सहित ८ जना जुवाडे नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । शनिबार साँझपख नेपालगन्ज–१० भृकुटीनगरको राजु गुरुङ्गको घरमा प्रहरीले छापा मारेर जुवा खेलीरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको जनाएको छ । जुवाको खालबाट १ लाख १२ हजार ७ सय […]

सम्बन्धित