मिलापत्रमा टुंगियो जनप्रतिनिधि कुटपिटको घटना

२४ कार्तिक २०७४, शुक्रबार १८:३०
 

सदरलाइनडटकम    
२४ कात्तिक, नेपालगन्ज : गत मंगलबार नेपालगन्जमा राप्रपा पार्टी कार्यालय अगाडि भएको ईन्दीरा शाही र बिष्णु ठकुरीबीच भएको झगडा मिलापत्रमा टुंगिएको छ । राप्रपा निकट महिला संगठनको जिल्ला अधिबेशनको कुरालाई लिएर दुई जना बीचमा भएको झगडा जिल्ला प्रहरी कार्यालयमा पुगेर मिलापत्र भएको हो ।
नेपालगन्ज उप–महानगरपालिका नगर कार्यपालिका सदस्य समेत रहेकी शाहीलाई राप्रपा बाँके जिल्ला सदस्य ठकुरीले कुटपिट गरेकी थिईन । जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा ठकुरीले आफ्नो गल्ती स्वीकार गर्दै आगामि दिनमा त्यस्तो प्रकारको कुनैपनि व्यवहार नगर्ने नदोहराउने प्रतिबद्धता व्यक्त गरेकी थिईन ।
‘बैनी सरह की ठकुरीले सबैको अगाडि आफ्नो गल्ती स्वीकारेपछि हामी दिदी बैनी सरह नै मिल्ने भनेर मिलापत्र गरेका छौ’– सदरलाइनसंग कुरा गर्दै शाहीले भनिन । पार्टीबाट समेत घटनाको बारेमा छानबिन हुनु पर्ने आफ्नो माग रहेको र पार्टीले निर्वाचन पछि त्यसको निर्णय गर्ने आश्वासन दिएको बताईन ।
कुटपिटको आरोप लागेकी ठकुरीले सदरलाइनसंग कुरा गर्दै आफुले अज्ञानताबस गल्ती गरेको भएपनि आगामि दिनमा शाहीसंगै सहकार्य गरेर अघि बढ्ने बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निवर्तमान नेपाली काँग्रेसका संसद सिद्दिकी भन्छन : सुशीलको निर्वाचन क्षेत्रमा राप्रपालाई भोट माग्न जान्न

२४ कार्तिक २०७४, शुक्रबार १८:३०
सदरलाइन / रुद्र सुवेदी    २४ कात्तिक, नेपालगन्ज  : पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति स्व. सुशील कोइरालाको निर्वाचन क्षेत्र राप्रपालाई दिएको भन्दै बाँके काँग्रेसका प्रभावशाली नेताहरु रुष्ट हुँदै राप्रपाका लागि मत नमाग्ने बताएका छन् । स्व. कोईरालाको निर्वाचन क्षेत्र रहेको बाँकेको प्रतिनिधि सभाको क्षेत्र नम्बर २ (पुरानो क्षेत्र […]