मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ५ जना घाइते

सदरलाइन संवाददाता ५ असार २०८०, मंगलवार १५:२३
 

धनगढी : सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंह सवार डडेल्धुराबाट बझाङ चैनपुर आउँदै गरेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि मन्त्री सिंहसहित ५ जना घाइते भएका छन् । दुर्घटनामा परि मन्त्री सिहंकी श्रीमती अम्रिता देवी सिंह, चालक धर्मराज जोशी, सुरक्षा गार्ड डम्बर भण्डारी र मन्त्री सिंहकी आफन्त जानकी देवी सिंह घाईते भएका छन् ।


मन्त्री सिंह बेहोस छन् भने उनकी श्रीमतीको कानबाट रगत बगीरहेको प्रहरीले बताएको छ ।

घाईतेहरुको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाइते ४ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्री सिंहको अवस्था अत्यन्तै गम्भीर, श्रीमतीसहित दुईको मृत्यु

५ असार २०८०, मंगलवार १५:२३
नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जानकीदेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको अवस्था अत्यन्तै गम्भीर रहेको प्रहरीले जनाएको छ । मन्त्री […]

सम्बन्धित