सदरलाइनडटकम
१७ बैशाख, नेपालगन्ज : करिव ४ लाख सहित प्रहरीले ११ जना जुवाडेलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरीको टोलीले बाँके जानकी गाउपालिका–३ कर्मोहना नजिकैबाट जुवा खेलि रहेका ११ जना जुवाडे नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दाफाँट ईन्चार्ज रणबहादुर विष्टले दिएको जानकारी अनुसार उज्ज्वल गिरिको घरमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले ३ लाख ७३ हजार ५ सय ५० रुपैया बरामद गर्नुको साथै घरभेटी गिरिसहित ११ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।
प्रहरीले गिरिको घरमा दुईवटा कोठामा नियमित जुवा खेलिने गरेको जानकारी सहितको सुचनाको आधारमा छापा मार्दा ११ जना पक्राउ गर्न सफल भएको जनाए पनि घरभेटी बाहेक को–को जुवाडे थिए तीनिहरुको परिचय खुलाउन भने मानेन ।
