कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता २५ भाद्र २०७८, शुक्रबार १६:३८
 

नेपालगञ्ज : कारोना भाइरस संक्रमणका कारण बाँकेमा शुक्रवार थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–६ दाङका ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

साउन २९ गते नेपालगञ्ज मेडिकल कलेजको प्रयोगशालामा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि उहाँलाई उपचारका लागि साउन ३० गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।


स्वास्थ्यमा सुधार नआउँदा उनको शुक्रवार बिहान पौने सात बजे मृत्यु भएको ओलीले जानकारी दिए । योसँगै हालसम्म कोरोना संक्रमणका कारण बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४०६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा एक लाख बढीको अवैध काठ बरामद

२५ भाद्र २०७८, शुक्रबार १६:३८
बर्दिया : बर्दिया प्रहरीले १ लाख ८२ हजार बराबरको वेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको छ । गुलरिया नगरपालिका वडा नं. ८ आशापुर स्थित वेवारिसे अवस्थामा थुपारी राखेका अन्दाजी मुल्य रू १ लाख ८२ हजार ६१ रुपैयाँ बराबरका ४५ दशमलव ५२ क्यूफिट सालको काठ बरामद गरेको हो । प्रहरी चौकी […]