धम्बोझीको जे. शर्मा मेडिकलमा सर्ट सर्किट हुँदा आगलागी, दुई करोड बढीको क्षतिको अनुमान

१६ बैशाख २०७५, आईतवार १०:०८
 

सदरलाइनडटकम
१६ बैशाख, नेपालगन्ज  : नेपालगन्जको धम्बोझीमा रहेको जे.शर्मा मेडिकल स्टोरमा गएराती भिषण आगलागी भएको छ । आईतबार बिहान करिव पौने २ बजेतिर भएको सो आगलागी विद्युतिय सर्ट सर्किटबाट भएको बताईएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज प्रहरी निरिक्षक राजन गौतमले दिएको जानकारी अनुसार सो आगलागिमा प्रारम्भिक क्षति करोड बढी भएको छ । उनले भने–‘विद्युत सर्टसर्किट भएर आगलागी भएको पाईएको छ । यो घटनामा प्रारम्भिक रुपमा करोड बढी क्षति भएको अनुमान गरिएको छ । क्षति अझै बढ्न सक्ने देखिएको छ ।’
आगलागीको जानकारी पाउने वित्तिकै नेपालगन्ज उप–महानगर र कोहलपुर नगरपालिकाको दमकल, स्थानीय, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
बैक अफ काठमाण्ठौको पछाडि रहेको सो मेडिकल स्टोर केही महिना अघिदेखि सञ्चालनमा आएको थियो । आगलागीमा परेर सो मेडिकल स्टोरका सम्पूर्ण सामाग्रीहरु जलेर नस्ट हुनुको साथै सोही भवनमा भएको मेडिकल ल्याब प्रयोगशाला समेत नष्ट भएको छ ।
सो मेडिकलका सञ्चालक जीवन शर्माले मेडिकल, र प्रयोगशाला आगलागिका कारण पुरै नष्ट भएको र घर समेत क्षति भएकोले २ करोड बढी क्षति भएको हुन सक्ने बताए ।


 

Next Post

भाडा नतिरी भागे जरिवाना

१६ बैशाख २०७५, आईतवार १०:०८
सदरलाइनडटकम १६ बैशाख, नेपालगन्ज : के तपाईंले घर भाडामा लिएर बस्नुभएको छ, पैसा छैन भनेर भाडा तिर्न हेलचेक्र्याइँ गर्दै हुनुहुन्छ कि ? ३ महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भने वडा कार्यालयले कारबाहीको प्रक्रिया अघि बढाउनेछ, घरमा ताला लगाएर लज्जित बनाउन सक्छ, ख्याल गर्नुहोला । यो ऐन भदौ १ गतेबाट […]