नेपालगन्ज फोटो फेस्टिवल जेठ २५ र २६ मा

१४ बैशाख २०७५, शुक्रबार १२:२१
 

सदरलाइनडटकम
१४ बैशाख, नेपालगन्ज : दोस्रो नेपालगन्ज फोटो फेस्टिवल आगामी जेठ २५ र २६ गते नेपालगंज मा हुने भएको छ । फेस्टिवलको अवसरमा आयोजना हुने फोटो प्रतिस्पर्धाकालागि विहिवार देखि फोटो आह्वान गरिएको छ । वैशाख मसान्त भित्र फोटो पठाई सक्नुपर्ने छ ।
नेपालगंज फोटो फेस्टिवलाका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रतिस्पर्धावाट सर्वोत्कृष्ट फोटोले ‘ वर्ष फोटो ’ उपाधि पाउने बताए । ६ वटा विधामा उत्कृष्टले पुरस्कार पाउँछन् ।
प्रतिस्पर्धामा ५ वटा विधाहरु दैनिक जनजीवन र समाचार, खेलकुद, पर्यटन र संस्कृति, वन्यजन्ु र प्रकृति, नेपाल स्माइल( खुशी र उमंग) रहेका छन् । यस वाहेक यस वर्षदेखि नेपालगंज फोटो फेस्टिवलको व्यानरमा ‘सेल्फी’ खिचेर फेस्टिवलको पेजमा पोष्ट गर्ने मध्ये सर्वौत्कृष्ट लाई पनि नगद पुरस्कार सहित पुरस्कृत गरिनेछ ।
फेस्टिवलले यस वर्ष देखि पश्चिम नेपाल समेट्ने गरि आकार लिदैछ । प्रदेश न.५ , ६ र ७ मा पहिलो नेपालगंज फोटो फेस्टिवल (२०७३ अषाढ १९ र २०) यता खिचिएका तस्वीर प्रतिस्पर्धामा पठाउन मिल्नेछ । आगामी वर्ष देखि १ वर्ष अवधिको फोटो मात्र प्रतिस्पर्धामा समावेश गरिनेछ ।
उत्कृष्ट १ सय ५ वटा तस्वीरहरु प्रदर्शनीमा राखीनेछ । नेपालगंजमा हुने प्रदर्शनी २ दिन सम्म संचालन हुनेछ । यस वर्षदेखि प्रदेश न. ६ र ७ को १–१ स्थानमा र ५ को पनि अन्य १ स्थानमा प्रदर्शनी यात्रा गर्ने तयारी गरिने छ ।
फेस्टिवलमा फोटो प्रतिस्पर्धा र प्रदर्शनी बाहेक फोटोग्राफी तालीम , फोटोग्राफी अन्तरक्रिया, फोटोग्राफी टुर , स्ट्रीट फोटो डिस्प्ले, पुरस्कार वितरण र विद्यालय भ्रमण कार्यक्रम पनि गरिनेछ ।

Next Post

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण शुरु

१४ बैशाख २०७५, शुक्रबार १२:२१
सदरलाइनडटकम १४ बैशाख, नेपालगन्ज :  बाँकेको डुडुवा गाउँपालिकाले शुक्रबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । गाउँपालिकाको वार्ड नं. ६ हिरिमिनियाबाट भत्ता वितरण शुरु भएको हो । नया आर्थिक वर्षको मसिंरदेखि फागुन महिना गरि ४ महिनाको भत्ता वितरण थालिएको गाउँपालिकाले जनाएको छ । वडा नं. ६ का १ सय […]