बाँकेमा शनिवार ८ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २ आश्विन २०७८, शनिबार १५:३२
 

नेपालगञ्ज : बाँकेमा शनिवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७३ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ३० नमुना परीक्षण गर्दा ७ र बागेश्वरी प्रयोगशालामा १४ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । मेडिकल कलेज कोहलपुरमा २९ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना छन् । बाँके बाहिरी जिल्लाका रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ३५ पुगेको छ ।

यस्तै शनिवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ४६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान दिवसको अवसरमा बागेश्वरी मन्दीर सरसफाई

२ आश्विन २०७८, शनिबार १५:३२
नेपालगञ्ज  : सातौ संबिधान दिवसका अवसरमा बाँकेमा विभिन्न कार्यक्रमका साथ मनाईदै छ । यस क्रममा संविधान दिवसको दिन विहान बागेश्वरी मन्दीर सरसफाई गर्नुको साथै नेपालगञ्ज रंगशालामा बृक्षा रोपण कार्यक्रम आयोजना गरिएकोे बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनले संविधान दिवस मनाउने क्रममा घरघरमा राष्ट्रिय झण्डा फहराउने, साथै […]