नेपालगन्ज क्रिकेट कपमा दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज भिड्ने

१० बैशाख २०७५, सोमबार १८:५७
 

सदरलाइनडटकम

१० बैशाख, नेपालगन्ज   : नेपालगन्ज क्रिकेट कपमा एनआईसि एसिया दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज फाईनलमा भिड्ने भएका छन् । सोमवार भएको पहिलो खेलमा दंगाली गोर्खाजले ७ विकेटको जित दर्ता गर्दै फाइनलको यात्रा तय गरेको हो भने यस अघि ५ खेलमा ४ जित दर्ता गर्दै रोल्पा गोरिल्लाज रन रेटको आधारमा फाइनलम प्रवेश गरेको हो । सोमवार भएको पहिलो खेलमा आर्शिवाद पेन्ट्स पाल्पा योद्याजले टस जितेर ब्याटिंग रोजेको थियो ।
निर्धारित २० ओभर खेल्ने क्रममा ७ विकेट गुमाउदै पाल्पा योद्याजले ११३ रन जोडेको थियो । जस्का लागि पाल्पाका ओपनर प्रकाश के.सिले ३० रन,अनुपम सिंहले २३ रन तथा भिम धमलाले १६ रन बनाएका थिए ।

 दंगाली गोर्खाजका लागि संदिप सुनार तथा शाहिद अन्सारीले समान २,२ विकेट लिएका थिए । एन आई सि एसिया दंगाली गोर्खाजले ११४ रनको लक्ष्य भेटाउन १४.४ ओभरमा ३ विकेट गुमाउदै जित दर्ता गरेको थियो । दंगालीको जितमा सदाब अन्सारीले आक्रमक ब्याटिंग गर्दै ३३ बलमा ५० रन बनाएका थिए ।


 त्यस्तै मनोज सुनारले २१ रन,सद्दाम हुस्सैनले १७ तथ दंगाली गोर्खाजका कप्तान संदिप सुनारको ११ रनको मद्दते जित निकालेको हो ।पाल्पाका लागि कप्तान सिद्दान्त राज शाही,यश हमाल तथा प्रकाश के.सि ले समान १,१ विकेट लिएका थिए ।
सोमवार भएको लिग खेलका अन्तिम खेलमा यो हार संगै आर्शिवाद पेन्ट्स पाल्पा योद्याज प्रतियोगिताबाट बाहिरिएको छ भने एन आई सि एसिया दंगाली गोर्खाज फाइनलमा प्रवेश गरेको हो । अर्धशतक बनाएका एन आई सि एसिया दंगाली गोर्खाजका सदाब अन्सारी म्यान अफ द म्याच घोषित भए ।

  त्यस्तै एबरोल टी एम टी लुम्बिनी यात्रीजले जित दर्ता गरे पनि रन रेटमा फाइनलमा स्थान बनाउन सकेन । लिग चरणको खेलमा सबै टीमले एक अर्का संग ५ खेल खेल्दा खेल तालिकामा शीर्ष स्थानका २ टिमले फाइनलका लागि यात्रा तय गरेका हुन् ।
त्यस्तै दोस्रो खेलमा अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसले ५ विकेटको जित निकालेको छ । बर्दिया टाईर्गसले टस जितेर पहिला फिल्डिंग रोजेको थियो । एबरोल टि एम टी लुम्बिनी यात्रीजे २० ओभर खेल्दै १७१ रन जोडेको थियो । जस्का लागि लुम्बिनी यात्रीजका कप्तान कृष्ण कार्कीले ४६ रन,सुरज दराईले ३१ रन तथा आदिल खानले ३० रन बनाएका थिए । बर्दियाका लागि आकाश विष्ट,जितेन्द सिंह ठकुरी,भरत थापाले समान २,२ विकेट लिए । १७२ रनको लक्ष्य पाएको बर्दिया टाईर्गसले १९.२ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो ।
बर्दिया टाईर्गसका राजविर सिंहले प्रतियोगिताकै उच्च स्कोररका रुपमा ६९ रन जोडे भने बर्दिया टाईर्गसका कप्तान सुवेन्दु पाण्डेले ४८ रन तथा आकाश विष्टले ३५ रन जोड्दै टिमलाई जित दिलाए । लिग चरणको अन्तिम खेलमा ६९ रन बनाउन सफल बर्दिया टाईर्गसका राजविर सिंह म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल खेल बुधवार १२ गते हुनेछ । विजेताले रु १ लाख दस हजार तथा उप विजेताले साठी हजार पाउने छन् ।

 

Next Post

कृर्षि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न आवश्यक

१० बैशाख २०७५, सोमबार १८:५७
सदरलाइनडटकम  १० बैशाख, चितवन  : ३ नम्बर प्रदेशका कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृर्षि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेपालको समृद्धी कृर्षि क्षेत्रबाट मात्रै सम्भव रहेकोले कृर्षि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने बेला आएको उनको भनाई छ । सोमबार पूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य संघको […]