ऋषिपञ्चमीमा सप्तऋषिको पूजा आराधना गरी मनाइयो

१० भाद्र २०७४, शनिबार २०:१३
 

सदरलाइनडटकम 
१० भदौ, नेपालगन्ज  : हिन्दू महिलाहरुले भाद्र शुक्ल पञ्चमीका दिनमा मनाउदै आएको ऋषिपञ्चमी शनिबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् ।
हिन्दू महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी शरिरलाई शुद्ध र पवित्र बनाउने चलन छ ।
ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने गरिन्छ । यस दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चकाव्य सेवन गर्ने गरिन्छ । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने चलन छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले यस पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।
शनिबार देशभरका विभिन्न ताल, तलैया, खोला र नदी मुहनमा स्थान गरी नजिकको मठ मन्दिरमा पूजा आजा गरी साँझ शुद्ध साकाहारी खाना खाएर तीजको भाकामा नाचगान गर्ने समेत चलन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पश्चिम दाङ्गमा बलात्कारका घटनामा बृद्धि

१० भाद्र २०७४, शनिबार २०:१३
सदरलाइनडटकम  १० भदौ, दाङ्ग : पश्चिम दाङ्गमा बलात्कारका घटना बृद्धि भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७३/०७४ मा जवरजस्ती करणीका १७ वटा मुद्धा दर्ता भएका छन् । त्यस्तैगरी करणीको प्रयासका ६ वटा मुद्धा दर्ता भएका छन् । सो कार्यालयका अनुसार आर्थिक वर्ष […]

सम्बन्धित