भारतीय नागरिक हत्या आरोपीत १९ वर्षपछि पक्राउ

१० बैशाख २०७५, सोमबार १५:३०
 

सदरलाइनडटकम
१० बैशाख, नेपालगन्ज : भारतीय नागरिकको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले झण्डै १९ वर्षपछि नेपालगन्जका एकजनालाई पक्राउ गर्न सफल भएको छ । उक्त हत्याकाण्डका अन्य पाच आरोपि फरार छन् ।
प्रहरीले जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका—२ बस्ने भारत बहराईज कैलाशपुरमा सावली प्रसाद बर्मालाई हत्या गरेको अभियोगमा नेपालगन्ज—१५ पिप्रहवा का मेराज अली बेहनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेकबहादुर तामाङ्गले जानकारी दिएका छन् ।
बेहना लगायत तीन जना नेपाली नागरिक र अन्य तीन जना भारतीय नागरिकहरु मिलेर जग्गा सम्बन्धी बिबादका बिषयलाई लिएर बर्माको २०५५ साल असोज ६ गते हत्या गरेको प्रहरीको दाबी छ । झण्डै १९ वर्षपछि आईतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बर्मालाई पक्राउ गरेको हो । उनी पक्राउ परेपनि अरु आरोपितहरु भने फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच आईतबार राती नेपालगन्ज १४ एकलैनीस्थित सोनु राई नामक सुन चाँदी पसलबाट बरामद भएको २१ केजी सुनचाँदीको गरहना प्रहरीले आवश्यक कारवाहीका लागि नेपालगन्ज भञ्सार कार्यालयमा पठाएको छ ।

Next Post

कोहलपुरमा उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता आयोजना गरिदै

१० बैशाख २०७५, सोमबार १५:३०
सदरलाइनडटकम १० बैशाख, कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाको आयोजनामा आगामि जेठ १८ गतेदेखि प्रथम नगरस्तरीय उप–मेयर कप छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ । सोमबार कोहलपुर नगरपालिका अन्तरर्गत नगर शिक्षा शाखाका प्रमुख मनप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको नाम र मिति तय गरेको जानकारी प्राप्त भएको छ । […]