रोल्पा गुरिल्लाज र बर्दिया टाइगर्स विजयी

६ बैशाख २०७५, बिहीबार १९:३६
 

सदरलाइनडटकम
६ बैशाख, कोहलपुर (बाँके) : कोहलपुरको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी नेपालगन्ज कप टि–२० क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा बर्दिया टाइगर्स र रोल्पा गुरिल्लाज विजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेल अर्घाखाँची सिमेन्ट्स बर्दिया टाइगर्सले आशिर्वाद पेन्ट्स पाल्पा योद्धाजलाई ८ रनले पराजित गरेको हो । पहिलो ब्याटिङ्ग गरेको बर्दिया  टाइगर्सले  निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो । सो को लागि कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ३६ रन बनाउन ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने बिश्वास श्रेष्ठले अविजित २१ रन बनाए । यस्तै आकाश बिस्टले १८ तथा नबिन ओलीले १७ रन योगदान रहेको थियो ।
पाल्पा योद्धाजका बलर विजय चौधरीले सर्वाधिक २ विकेट लिएका थिए । अमित तामाङ्ग, भिम धमला र यस हमालले समान १–१ विकेट हात पारे ।
१४२ रन लक्ष्य पछ्याएको आर्शिवाद पेन्ट्स पाल्पा योद्धाजले पुरा २० ओभर ब्याटिङ्ग गर्दा ८ विकेट गुमाएर एकसय ३३ रन मात्रै बनाउन सक्यो । अनुपम सिंहले अविजित ४४ रन तथा प्रनित थापाले ३९ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।
अनुपमले ३७ बलमा १ छक्का र ६ चौका तथा प्रनितले ३१ बलमा ५ चौका र १ छक्का प्रहार गरे । अर्घाखाँची सिमेन्ट्स बर्दिया टाइगर्सका बलर राजबिर सिंह, अविनाश बोहारा र भरत थापाले समान २÷२ विकेट हात पारे। खेलको प्लेयर अफ द म्याच शुबेन्दु पाण्डे घोषित भए ।
यसैगरी दोश्रो खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले जिसान बाँंके ब्लास्टर माथि ७९ रनको विशाल जित हासिल ग¥यो । टस जितेर ब्याटिङ्ग गरेको रोल्पा गोरिल्लाजले निर्धारित २० ओभरमा मात्र ३ विकेट गमाुएर १७२ रनको योगफल तयार गरेको थियो । ओपनिंङ्ग ब्याटिङ्ग गरेका सौरभ खनालले अर्धशतकीय इनिंङ्ग खेल्दै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
४५ बलमा ६ चौका र २ छक्का मद्दतले ५३ रन बनाएका सौरभ खनालले पहिलो विकेटको लागि आकाश थापासंग ९५ रनको साझेदारी गरेका थिए । रोल्पा गोरिल्लाजलाई भीम सार्कीले अविजित ४६ रनको योगदान दिए । उनले मात्र १४ बलको इनिंगमा ६ चौका र ३ छक्का प्रहार गर्नेक्रममा उत्कृस्ट सटहरु खेले ।
यसैगरी सम्सुदीन अन्सारीले अविजित २३ रन योगदान दिए । बाँके ब्लास्टर्सका लागि सोनु तामांङ्ग र अख्तर हुसेनले समान १÷१ विकेट हात पारे । १७२ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको बाँके ब्लास्टरको राम्रो सुरुवात रहेन । बाँंके ब्लास्टरका लागि अजय सहानीले २० रन,महेश क्षेत्रीले १७ रन र सोनु तामांगले १६ रन बनाए ।
रोल्पा गोरिल्लाजका लागि विनोद लामाले ३ विकेट लिए भने आकाश थापा र मेराज अन्सारीले समान २÷२ विकेट लिए । रोल्पा गोरिल्लाजका ५३ रनको अर्धशतकिय पारी खेलेका कप्तान सौरभ खनाल म्यान अफ म्याच घोषित भए ।
शुक्रवार हुने पहिलो खेल अर्घाखाँची सिमेन्ट्स बर्दिया टाईर्गस र एनआईसी एशिया दंगाली गोर्खाज र दोस्रो खेल पाल्पा योद्धाज र रोल्पा गोरिल्लाज बिच हुने आयोजक ग्रिन इभेन्टो प्रालिका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले जानकारी दिए ।


Next Post

हैप्पी किड्स मन्टेश्वरीको वार्षिकोत्सव

६ बैशाख २०७५, बिहीबार १९:३६
सदरलाइनडटकम ७ बैशाख, कोहलपुर (बाँके) : बाँकेको कोहलपुर–११ साझा चोकमा रहेको हैप्पी किड्स मन्टेश्वरीले आफ्नो तेस्रो बार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाका निर्देशक लक्ष्मण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रम मन्टेस्वरी एसोसिएसन बाँकेकी अध्यक्ष लुना बुढाथोकीको प्रमुख आतिथ्यतामा ३० जना विद्यार्थीलाई दिक्षित गरिएको थियो । बिभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीलाई अतिथि एबम […]