बुधवार वसन्त पञ्चमी, सरस्वतीको पूजा गरी मनाईंदै

सदरलाइन संवाददाता २ फाल्गुन २०८०, बुधबार १४:१३
 

नेपालगञ्ज : बुधवार वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाईंदै छ ।

विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।


आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । वसन्त पञ्चमीका अवसरमा नेपालगन्जका विभिन्न ठाउँमा सरस्वतीको पुजा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा धार्मिक र सामाजिक सद्भावको मेला शुरु

२ फाल्गुन २०८०, बुधबार १४:१३
नेपालगञ्ज : हिन्दु र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला बुधबारदेखि शुरु भएको छ । इस्लाम धर्मगुरुसहित खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक र उपाध्यक्ष मन्जु मल्लले संयुक्त रुपमा च्यादर ओडाएर मेलाको शुभारम्भ गरे । खजुराका स्थानीय अगुवा सतिश निरौलाले हरेक वर्ष […]

सम्बन्धित