नेपालगञ्जस्थित मेडिसिन डिस्ट्रिब्युटरको गोदाममा आगलागी

सदरलाइन संवाददाता २१ जेष्ठ २०७९, शनिबार १७:२७
 

नेपालगञ्ज : नेपालगञ्जको न्यूरोडस्थित रोयल एक्सिस मेडिसिन डिस्ट्रिब्युटरको गोदाममा आगलागी भएको छ । शुक्रवार राती साढे ८ बजे गोदाममा आगलागी भएको सञ्चालक सुजितसिंह सिजापतीले जानकारी दिए ।

आगलागीबाट करिव १२ देखि १५ लाखसम्मको नोक्सानी भएको सञ्चालक सिजापतीले बताए । नेपालगञ्ज उपमहानगरपालिका–४ मा रहेको उक्त गोदाममा विभिन्न औषधिसँगै सर्जिकलका सामग्री थिए ।


आगलागीको कारण खुल्न सकेको छैन् । तथापी विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी, दमकल, स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुमा लेक लागेर दुई जनाको मृत्यु

२१ जेष्ठ २०७९, शनिबार १७:२७
नेपालगञ्ज : मुगु कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउपालिका–७ महगाउँका १६ बर्षका असल तामाङ र प्रहरी हवल्दार राजबहादुर सिंहको लेक लागेर मृत्यु भएको हो । तामाङ मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए भने […]