वीपीको ४० औँ स्मृति दिवस बाँकेमा मनाइयो

सदरलाइन संवाददाता ६ श्रावण २०७९, शुक्रबार १५:१८
 

नेपालगञ्ज : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ४० औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरी बाँकेमा मनाइएको छ ।

२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बन्नुभएका कोइरालाको स्मृति दिवसका अवसरमा काँग्रेस बाँकेले अन्तरक्रिया, वीपीको शालिकमा माल्र्यापण तथा बृक्षारोपण लगायतका कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले वीपीको समाजवाद काँग्रेसको मार्गदर्शन भएको बताए ।

अन्तरक्रियालाई पार्टीका पूर्वसभापति किरण कोइराला, पार्टी उपसभापति कृष्ण कार्की, क्षेत्र नम्वर २ का सभापति रमेशकुमार गुप्ता लगायतले सम्वोधन गरेका थिए ।


त्यस्तै वीपी चोकमा रहेको वीपीको शालिकमा माल्र्यापण गरिएको थियो भने नेपालगञ्ज उपमहानगरपालिका १० मा रहेको आर्दश माविमा बृक्षारोपण समेत गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्र्ष गरेका कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो भने २०३९ साल साउन ६ गते निधन भएको थियो ।

२०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा वीपी कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक समेत रहेका कोइरालाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा चोरीको मोटरसाइकल खोजीमा विशेष अप्रेशन

६ श्रावण २०७९, शुक्रबार १५:१८
दाङ : दाङ प्रहरीले चोरी भएको मोटरसाइकल खोजीमा विशेष अप्रेशन थालेको छ । मोटरसाइकल चोरीको घटना धेरै हुने थालेपछि प्रहरीले विशेष अप्रेशन थालेको हो । जुन अप्रेसनले सफलता पाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले बताए । विशेष अप्रेसनले चोरी भएका ६ वटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ पनि गरेको […]