तक्षशिला एकेडमीको पौडिपोखरी उद्दघाटन

५ बैशाख २०७५, बुधबार २०:१६
 

सदरलाइनडटकम
५ बैशाख, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडमी बाँकेको परिसरमा निर्माण भएको पौडी पोखरीको एक समारोहका बीचमा उद्द्घाटन गरिएको छ ।

बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले पौडिपोखरीको मुल ढोकाको रिबन काटेर उद्दघाटन गरेका हुन ।

 माध्यामिक तहका स्टेण्डर्डको सो पौडिपोखरी विद्यार्थीको शाररीक, मानसिक विकाससंगै विद्यालय तहदेखि नै पौडीको राष्ट्रिय अन्तराष्ट्रिय खेलाडि उत्पादन गर्ने उद्देश्यले निर्माण गरिएको विद्यालयका डाईरेक्टर कमल पछाईले जानकारी दिए ।


विद्यालयका संस्थापक खोपीराम ओलीले सञ्चालन गरको सो कार्यक्रममा बागेश्वरी बहुमुखि पब्लिक क्याम्पसका सह प्राध्यापक एकराज शर्मालगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

Next Post

विद्यार्थी भर्ना अभियानको व्यापकता र प्रभावकारितामा जोड

५ बैशाख २०७५, बुधबार २०:१६
सदरलाइनडटकम ६ बैशाख, नेपालगन्ज ः अनिबार्य आधारभुत शिक्षाका लागि विद्यार्थी भर्ना अभियानलाई व्यापक र प्रभावकारी बनाइदैछ । हामी सबैको इच्छा, अनिबार्य निशुल्क आधारभुत शिक्षा भन्ने मूल नारासहित विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाई उपलव्धीमा सुधार कार्यक्रमको कार्यान्वयन गर्न पहल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज सरोकारवालाबीचको […]

सम्बन्धित