नेपालगञ्ज : नेपाल औषधि ब्यवसायी संघ बाँकेको अध्यक्षमा जयदेव अवस्थी चयन भएका छन् । शनिवार सम्पन्न जिल्ला अधिवेशनले वरिष्ठ उपाध्यक्षमा पवनकुमार बनिया र उपाध्यक्षमा शरदराज अधिकारीलाई चयन गरेको छ ।
त्यसैगरी महासचिवमा जीवन शर्मा, सचिवमा पूर्णदेव गिरी र कोषाध्यक्षमा सन्तोष घर्तीमगर चयन भएको संघले जनाएको छ । अधिवेशनले सदस्यमा चक्रबहादुर केसी, राजेशकुमार गुप्ता, बेवीकुमारी मण्डल, लोकबहादुर कठायत र दिपेश श्रेष्ठ चयन भएका छन् ।