गुलरिया बजारमा सिसी क्यामरा जडान

२८ भाद्र २०७३, मंगलवार ११:०८
 

indexसदरलाइनडटकम,
२८ भाद्र बर्दिया : सुरक्षा संवेदनशिलता तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने मुख्य उद्देश्यका साथ बर्दियाको सदरमुकाम गुलरिया बजारमा सिसी क्यामरा जडान गरिएको छ ।
बजारक्षेत्रमा हुन सक्ने चोरी सहितका घटना र सुरक्षा संवेदनशिलता तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने मुख्य उद्देश्यका साथ बर्दियाको सदरमुकाम गुलरिया बजारमा सिसी क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरत बहादुर बोहराले बताए ।
जिल्ला सदरमुकाम गुलरिया नगरपालिका भारतिय सीमासंग जोडिएको नाका समेत रहेकाले सुरक्षाका दृष्टिले समेत संबेदनशील भएको र कुनै घटनापछि अभियुक्त वा अपराधीहरुलाई सजिलै पहिचान गर्न केहि समय अघि मात्र जडान गरिएको सिसी क्यामरा मार्फत सहज भएको उपरीक्षक बोहराले भने ।
सदरमुकाम गुलरिया बजारको मुख्य स्थानहरु राधाकृष्ण चोक, मांतङ्कि चोक, बसपार्क, भन्सार रोड र जिल्ला प्रहरी कार्यालय परिसर लगायतका ९ वटा स्थानमा सिसी क्यामरा जडान गरिएको छ ।
सिसी क्यामेरा जडानसँगै बजारभित्रको सबै गतिविधि सिसी क्यामरामार्फत जिल्ला प्रहरी कार्यालय कार्यकक्ष मै बसेर गुलरिया बजारको निगरानी गर्न सहज भएको साथै क्यामरा जडान पछि प्रहरीको म्यानपावरको कम प्रयोग गरेर अन्य स्थानमा प्रहरी प्रयोग गर्न सहज भएको बोहराले बताए ।
सिसी क्यामरा जडान पछि बजारमा हुने कुनै पनि घटनाको बारेमा तुरुन्तै जानकारी हुने र सिसी क्यामरा मार्फत संकाश्पद व्यक्ति रहेको पाईएमा पक्राउ गरि सम्भावित हुन सक्ने दुर्घटनामा कमिका लागि प्रहरी परिचालन गर्न सहज भएको समेत उनले भने ।
सिसी क्यामरा जडानका लागि ९ लाख रुपैया खर्च भएको र एक सिसी क्यामराको ८० हजार रुपियाँ मूल्य रहेको साथै सबै क्यामराको ब्याकअफका लागि सोलार समेत जडान गरिएको छ । क्यामरा जडानका लागि युएनडिपिको ५ लाख लगाएत उद्दोग बाणिञ्य संघ गुलरिया, कृष्णसार यातायात व्यायसायी र निर्माण व्यावसाय संघ बर्दियाले सहयोग गरेका थिए ।
सुरक्षाको दृष्टि कै लागि जिल्ला अन्य सरकारी कार्यालयहरु जस्तै जिल्ला प्रशासन कार्यालय, गुलरिया नगरपालिका र जिल्ला विकास समिति समेतले आ–आफ्नो कार्यालयमा सिसी क्यामरा जडान गरेका छन् । दीपक श्रेष्ठबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सात दिनभित्र पतिलाई रिहाई नगरिए आमरण अनशन बस्ने पीडित पत्नीको चेतावनी

२८ भाद्र २०७३, मंगलवार ११:०८
सदरलाइनडटकम  २८ भदौ, काठमाण्डौं : विश्वनाथ गौतमलाई झुट्टा अभियोग लगाएर विगत ६ बर्षदेखि कारागारमा राखिएको भन्दै पीडित परिवारले तत्काल रिहाईको माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित परिवारले निर्दोश सावित हुँदाहुँदै पनि राज्यले झुट्टा मुद्धा लगाई विगत ६ वर्षदेखि कारागारमा राखेकोमा आपत्ति जनाउँदै गौतमलाई सात […]

सम्बन्धित