नेपालगन्जमा मनाईयो राष्ट्रिय झण्डा दिवस (फोटो कथा सहित)

१ बैशाख २०७५, शनिबार २१:२४
 

सदरलाइनडटकम 
१ बैशाख, नेपालगन्ज : अन्तरालको व्यवस्थापनमा नेपालगन्जमा राष्ट्रिय झण्डा दिवस मनाईएको छ । तीन वर्ष अगाडिदेखि बैशाख १ गते नेपालगन्जमा विभिन्न संघसंगठन तथा नागरिक अगुवा संगठनहरुको स्वस्फूर्त आयोजनामा राष्ट्रिय झण्डा दिवस मनाउने गरिएको हो ।
नेपालगन्जको रामलिला मैदानमा विषेश कार्यक्रममा आयोजना गरीयो । अन्तरालका कार्यकारी निर्देशक तथा कार्यक्रमका परिकल्पनाकार जयनारायण शाहले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
नमस्कार शाहले सहजिकरण गरेको सो कार्यक्रममा बाँके निर्वाचन क्षेत्र (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, उप–मेयर उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, धम्बोझि माविका प्रअ किरण आचार्य, कलाकार श्यामानन्द सिंह लगायतले झण्डा दिवसको महत्वको बारेमा बोलेका थिए ।
सो अवसरमा विभिन्न कलाकारको सांस्कृतिक प्रस्तुतीमा प्रदेश सभा सदस्य हमाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणा, उप–मेयर थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी केसीलगायत उमंगका साथ नाचेका थिए । फोटो रुद्र सुवेदी/सदरलाइनडटकम          

Next Post

तस्करीका ५० गोरु प्रहरी नियन्त्रणमा

१ बैशाख २०७५, शनिबार २१:२४
सदरलाइनडटकम   १ बैशाख, नेपालगन्ज : बाँके प्रहरीले बंगलादेश लैजानको लागि तयारी अवस्थामा बाँकेको डुडुवा गाउपालिका–४ खालेमशाहबाट ५० वटा गोरु नियन्त्रणमा लिएको छ । प्रहरी निकट स्रोतले दिएको जानकारी अनुसार खालेमसाहमा जम्मा गरेर राखेको अवस्थामा एउटै डोरीमा बाधिएका ती गोरु स्थानीय तथा प्रहरीको सक्रियतामा नियन्त्रणमा लिईएको हो । पछिल्लो समयमा तस्करी […]