सदरलाइनडटकम,
दाङ : सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम सिलिंगेका लागि छुटेको भे १ ज १००२ न फोर्स गाडी जिल्लाको बागचौर नगरपालिका १ कालाखेत बजार नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।
शनिवार दिउँसो भएको दुर्घटनामा गाडी सडकबाट झन्डै १५ मिटर तल शारदा नदीमा खसेको छ । घाइतेहरूमध्ये २ जनालाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अन्य घाइतेहरूमा ५ जनाको जिल्ला अस्पताल सल्यान, ५ जनाको श्रीनगरका विभिन्न अस्पताल र २ जनाको थारमारेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीय, प्रहरीलगायतको टोलीले घाइतेको उद्धार गरेका हुन् । घाइतेहरूको नाम संकलन भइरहेको प्रहरीले जनाएको छ ।
