बर्दिया : प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बर्दियाका बाढी प्रभावितलाई राहत सामाग्री हस्तान्त्रण गरिएको छ ।
प्लानले भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप), बाँके युनेस्को क्लब, थारु महिला उत्थान केन्द्र, स्याक नेपाल र गेरुवा ग्रामिण जागरण संघको सहकार्यमा बाढी प्रभावित समुदायलाई गैर खाद्य सामग्री वितरण गरिएको हो ।
बाढीबाट प्रत्यक्ष प्रभावित भएका समुदायको लागि बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको वडा नं.६ र ११ मा ४९ घरधुरी र गुलरिया नगरपालिकाको वडा नं.५ का ७६ घरधुरी बाढी प्रभावित समुदायलाई गैर खाद्य सामग्री वितरण गरिएको प्लान ईन्टरनेसनल नेपालका क्षेत्रीय निर्देशक मीना पराजुलीले जानकारी दिईन ।
उनले बाढीको कारण बर्दिया जिल्लामा चाडपर्वको समयमा नराम्रो अवस्था सिर्जना गरेको र थोरै भए पनि बाढी प्रभावितहरुको मुहारमा खुशी ल्याउनको लागि सो सहयोग गरिएको बताईन ।
विशेष गरि बालबालिका तथा महिला र जेष्ठनागरिकको लागि चिसोबाट बचाउन ६ लाख २७ हजार बराबरको त्रिपाल, झुल, पी फम र कम्मल वितरण गरिएको छ । सामग्री वितरण गर्दै गुलरिया नगरपालिका वडा नं.५ का वडा अध्यक्ष मुमबहादुर मल्लले विपतको समयमा सहयोग गर्ने सहयागी संस्थालाई विशेष धन्यवाद ब्यक्त गरे ।