नयाँ वर्षमा ग्राण्डीको २०७५ बिशेष स्वास्थ्य परिक्षण प्याकेज अफर

२८ चैत्र २०७४, बुधबार १७:२७
 

सदरलाइनडटकम  
२८ चैत काठमाण्डौ  : काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ वर्ष २०७५ को शुभकामनासहित अघिल्ला वर्षहरुमा झैं यस वर्ष पनि बिशेष स्वास्थ्य परिक्षण प्याकेज अघि सारेको छ ।
नयाँ वर्षको अवसरमा यस वर्ष अघि सारिएका तीन किसिमका प्याकेज मध्ये पहिलो प्याकेज कार्डियाक प्याकेज अन्तर्गत मात्र २ हजार ७५ मा मुटु परिक्षण अन्तर्गत इसिजि, एको, सिबिसि, ब्लड सुगर (फास्टिङ), सोडियम, पोटासियम, क्रियाटिनिन, लिपिड प्रोफाइल, युरिक एसिड, चेष्ट एक्सरे तथा डाक्टरसँगको कन्सल्टेशन समाबेश गरिएको छ ।
त्यसैगरी, दोश्रो प्याकेज अर्थो प्याकेज रहेको छ । जस अन्तर्गत मात्र २ हजार ७५ मा हाडजोर्नी सम्बन्धी परिक्षणहरु बिएमडी (बोन मिनरल डेन्सिटोमेट्री, क्याल्सियम, युरिक एसिड तथा डाक्टरसँगको कन्सल्टेशन समाबेश गरिएको छ ।
यसैगरी तेश्रो प्याकेज डायबेटिज प्याकेज रहेको छ । जस अन्तर्गत मात्र २ हजार ७५ मै मधुमेहसँग समबन्धित जाँचहरु ब्लडसुगर (फास्टिङ) ब्लड सुगर (पिपि), क्रियाटिनिन, लिपिड प्रोफाइल, युरिक एसिड, युरिन रुटिन, इसिजि, आइ कन्सल्टेसन, डेन्टल कन्सल्टेशन तथा डाक्टरसँगको कन्सल्टेशन समाबेश गरिएको छ ।
प्याकेज अफर अवधिभर अतिरिक्त परिक्षणका रुपमा भिटामिन डि तथा एचबिएवनसी परिक्षण शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने छ ।
यो नयाँवर्ष बिशेष स्वास्थ्य परिक्षण प्याकेज अफर २०७५ बैशाख २ गतेदेखि लागू हुने अस्पताल प्रशासनले जनाएको छ ।
सो सेवा लिनको लागि थप जानकारी लिन तथा बुकिङ्गका लागि : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको कल सेन्टरको फोन नम्बर ०१(५१५९२६६ एक्सटेन्सन नम्बर : १०१४४ अथवा मोबाइल नम्बर ९८०१२०२५५० मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।

https://www.youtube.com/watch?v=OUsgkvZbSU8

Next Post

वडा न ११ खुला दिसामुक्त

२८ चैत्र २०७४, बुधबार १७:२७
सदरलाइनडटकम २८ चैत, नेपालगन्ज :  नेपालगञ्ज वडा नं ११ लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । नेपालगञ्जलाई खुल्ला दिसामुक्त बनाउने अभियान अन्तर्गत आज वडा नं ११ लाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ८ सय ३१ घरधुरी रहेको वडा नं ११ का सबै जसो घरमा शौचालय बनेपछि खुल्ला दिसामुक्त […]

सम्बन्धित